काम चलाऊ सरकारका अर्थमन्त्री बिष्णु पौडेलले शनिबार सार्वजनिक गरेको बजेटमा मध्य तराईका नागरिकहरुले पनि टिभीमा कान ठाडो बनाएर सुन्दै थिए । तर, बजेट भाषण सुरु हुन लाग्दा निक्कै आशावादी देखिएका उनीहरु अर्थ मन्त्री पौडेलले बजेट भाषण पढिनसक्दै भने निक्कै निराश बने । बजेटले यस क्षेत्रमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको लागि पर्याप्त रकम बिनियोजन गर्ला भन्ने उनीहरुको विश्वास थियो । तर बजेटमा उल्लेख नगरिएपछि नागरिकहरुमा निराशा छाएको हो । बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमान स्थल लगायत यस क्षेत्रका अन्य आयोजनमा पनि बजेट बिनियोजन नभएपछि स्थानीयको आशा निराशामा परिणत भएको थियो । बाराको टाँगियावस्तिमा प्रस्तावित निजगढ बिमान स्थललाई सरकारले धेरै पहिलेदेखि नै राष्ट्रिय गौरवको आयोजनाको रुपमा राख्दै आएको थियो । यो आयोजना निर्माण गर्न सरकारले यो वर्ष बजेटमा पर्याप्त रकम बिनियोजन गर्ने स्थानीयमा विश्वास थियो ।

विमानस्थल निर्माण अगाडि बढाउने कुरा स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले नै भनेको कुरा हो तर बजेटमा यस बिषयमा कुनै कुरा उल्लेख नभएपछि बाराको निजगढ क्षेत्रका नागरिकहरु निराश भएका छन् । उनीहरुले सरकारले महत्वपूर्ण राष्ट्रिय गौरवको योजनाहरुको उपेक्षा गरेको बताएका छन् । सरकारले बजेटमा कुनै कुरा नसमेटेपछि अब बिमान स्थल बनाउने कुरा कम्तिमा यो वर्षका लागि ओझेलमा परेको छ ।

त्यसैगरी प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने टाँगियाबस्ती स्थानन्तरणको विषयसमेत अन्यौलमा पर्ने देखिएको छ । सरकारले बजेटमार्फत विमानस्थल निर्माण गर्ने बारेमा चर्चा नै नगरेपछि वस्ति स्थान्तरणको विषय स्वत्त गौण हुन पुगेको छ । विमानस्थल निर्माण गर्ने कुरामा सरकारले उदासिनता देखाउनुले टाँगियाबासीसंग मध्ये तराईका सर्वसाधारण समेत निराश बनेका छन । त्यसैगरी सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको बिषयमा समेत सरकारी बजेट मौन रहेको छ । यस क्षेत्रकै अर्को राष्ट्रिय गौरवको आयोजना निजगढ– काठमाडौं फाष्टट्याकमा भने सरकारले ८ अर्व १५ करोड रकम छुट्याएको छ । तर यो आयोजनामा पनि प्रभावकारी कार्यान्वयनमा भने आशंका छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here