हेटौंडा – मकवानपुरकी पुरानो कम्युनिष्ट आन्दोलनकी नेतृ ७६ वर्षिय बालकुमारी थापालाई हेटौंडा उपमहानगरपालिकाले उपचारमा सहयोग गरेको छ । विगत १५ वर्ष देखि मुटुरोगले ओच्यानमा थलिनु भएकी नेतृ थापाको उपचारका लागि हेटौंडा उपमहाँनगरपालिकाका मेयर हरिबहादुर महतले उपचारका लागि रकम हस्तान्तरण गर्नुभयो । मकवानपुरको कम्युनिष्ट आन्दोलनमा अग्रणी भुमिका खेल्नु भएकी थापाको हेटौंडा राजदेवि घरमै गएर स्थानीय सरकारको तर्फबाट मेयर महतले सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
मुटु र अरु विभीन्न रोगले ओच्यानमा थलिनु भएकी थापाले तत्कालिन नेकपा माले पार्टीका नेता भुमिगत हुँदा उहाँको घरमा लुकेर वस्दै आएका थिए । अहिलेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका तत्कालिन महासचिव मदनकुमार भण्डारी, नेता जिवराज आश्रीत, जिवराज आश्रीत, विद्यादेवि भण्डारी, मालेका महासचिव सीपी मैनाली, नेकपाका नेता प्रदिप नेपाल लगायतका नेतालाई आश्रय दिने गर्नुभएको थियो । तर, विरामी परेर थलिदा अहिलेसम्म ठुलो सहयोग भने उपमहानगरपालिकाका मेयर महतले हस्तान्तरण गर्नुभएकोमा उहाँ खुसी हुनुभयो । उहाँको स्वास्थ्य उपचारमा आगामी दिनमा पनि स्थानीय सरकारले निरन्तर सहयोग गर्ने मेयर महतले वताउनुभयो ।
विगत ५० वर्ष अगाडि देखि विभीन्न आन्दोलनमा सरिक हुनु भएकी बालकुमारी थापालाई दम, मुटु रोगले अहिले ग्रस्थ हुनुहुन्छ । अहिले पनि हेटौंडा, भरतपुर लगायतका अस्पतालमा बेला बेलामा उपचार गर्न जाने गर्नुभएको छ । उहाँका तीन छोरा छन् ।