काठमाण्डौ –काठमाण्डौ – केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबमा विजयी शुरुवात गरेको छ । सोमवार पोखरा रङ्गशालामा भएको खेलमा आर्मीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘निलो’ लाई १ सय १० रनको फराकिलो अन्तरले हरायो । आर्मीको जितमा कुशल मल्लले अलराउन्ड प्रदर्शन गरे ।आर्मीले दिएको १ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘निलो’ १५ ओभर ४ बलमा ८५ रनमा अल आउट भयो । मदन भण्डारी ‘निलो’ का कप्तान निर्भिक पाठकले सर्वाधिक २८ रन बनाए । बलिङतर्फ आर्मीका कुशल मल्लले ३ तथा जितेन्द्र मुखिया र शाहब आलमले समान २ विकेट लिए ।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन बनायो । आर्मीका सन्तोष कार्कीले ४१, कप्तान विनोद भण्डारीले ३८, विवेक यादवले नट आउट २९, कुशल मल्लले २५ र बसिर अहमदले २३ रन जोडे । बलिङतर्फ मदन भण्डारी ‘निलो’ का मिहूल श्रेष्ठले २ विकेट लिए ।यसैबीच केपी ओली कप टी–२० क्रिकेटमा मधेस प्रदेश विजयी भएको छ । सोमवार बिहान पोखरामा भएको खेलमा मधेसले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।सुदूरपश्चिमले दिएको ५९ रनको सामान्य लक्ष्य मधेस प्रदेशले ४ ओभर ४ बलको खेलमा २ विकेट गुमाएर भेट्टायो । मधेस प्रदेशका लागि अनिल शाहले सर्वाधिक २५ रन बनाए भने इमरान शेखले १७ र पवन सरार्फले १४ रन जोडे ।सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले २ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ५८ रन मात्रै बनाएको थियो । प्रतियोगितामा आजै मदन भण्डारी स्पोर्टस् एकेडेमी ब्लू र त्रिभुवन आर्मी क्लब खेल्ने छन् । यो खेल पोखरामै दिउँसो १ बजे हुनेछ ।
फोटो पनि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here