पुष्पराज खतिवडा
बारा – गत मंगलबारबाट बदलिएको मौसम र लगातारको शितलहरले गर्दा सिमराबाट हुने हवाई उडान प्रभावित बनेको छ । पौष १ , ३ र ४ गतेका सबै उडान मौषम प्रतिकुलताका कारण रद्द भएको विमानस्थल कार्यालय सिमराले जनाएको छ । दैनिक सातवटा वटा विमानबाट करिब ५ सय यात्रुले सेवा पाउँदै आएकामा मौषम प्रतिकुलताले यात्रुमारमा परेका विमान स्थलका सुचना अधिकारी सुरेद्र कुस्वाहाले जानकारी दिए । काठमाण्डौं सिमराका लागि दैनिक सातवठा फ्लाईट मार्फत बुद्ध एयरले मात्रै सेवा दिँदै आएको छ । कहिलेकाँही अन्य कम्पनीको चार्टर उडान समेत हुने गरेको उनले बताए ।
पौष १ गते नियमित सेवाका ७ र एउटा चार्टर गरी ८, त्यस्तै ३ गते नियमित सेवाका ७ र आजका लागि नियमित ७ र एउटा चार्टर गरी ८ वटाको विमान उडानको सेडुल रहेकोमा सबै रद्द भएको कुस्वाहाले जानकारी दिए । विमान संचालनका लागि सामान्यतया २ हजार ४०० मिटर भिजीब्लिटी आवश्यक हुने भएपनी यी दिनहरुमा १ हजार मात्रै मापन गरिएको उनको भनाई छ ।
पौष १ गते १३ डिग्री सेल्सीयस मापन गरिएको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको उनको भनाई छ । विहिबार अपराहन्न १२ मापन गरिएकोमा सुक्रबार २ः३०मा ११ डिग्री सेल्सियस मापन गरिएको हो । प्रत्येक मिनेटको समयमा तापक्रम घटबढ भैरहने भएपनी औषतमा आजकोे ११ डि.से. रहेको सुचना अधिकारी कुश्वाहले बताए ।