निजगढ,नेकपा एमाले मधेस प्रदेशको प्रथम अधिवेशनको लागि बारा जिल्लाका अधिकांश पालिकाबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनौंटमा भएका छन ।निजगढ र जीतपुरसिमरा बाहेकका कलैया उपमहानगरपालिका लगायत जिल्लाका अन्य पालिका र जनजाति, मुस्लिम र दलित क्लस्टरबाट एमालेले सर्वसम्मत रुपमा प्रतिनिधि छनौट गरेको छ । सोमवार मनोनयन पत्र दाखिला गर्ने क्रममा निर्धारित कोटाभित्र रहेर उम्मेदवारी परेपछि पालिका र क्लस्टरहरुबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएका हुन ।एमालेले दिएको जानकारी अनुसार कलैयाबाट विनोद साह, रविन्द्र दास श्रेष्ठ, टिना सुवेदी, अध्यानन्द पाण्डे, एम समिउल्लाह, राजमहमद रायभाट, जवाहिर अन्सारी, अशोककुमार तिवारी, कमरुल हक, पुनदेव प्रसाद रौनियार, प्रतिमाकुमारी यादव र रमिताकुमारी सिंहसहित १२ जना प्रतिनिधि सर्वसम्मत चयन भएका हुन ।उता, सहमति हुन नसकेपछि एमाले निजगढमा निर्वाचन हुने भएको छ । प्रतिनिधि छनौंटको लागि आवश्यक संख्या भन्दा धेरैले मनोनयन पत्र दर्ता गरेपछि निर्वाचन हुने भएको हो ।अधिवेशनमा खुल्लातर्फ ४ जनाको कोटामा नारायणप्रसाद गौतम, सुदर्शनप्रसाद कोइराला, श्यामकृष्ण कटुवाल, जगतकुमारी अधिकारी, माधव न्यौपाने, भोलाप्रसाद ढुङ्गाना, शुकराम जिम्मा र राजकुमार पोखरेलसहित ८ जनाले मनोनयन पत्र दर्ता गरेका छन ।त्यसैगरी २ जना प्रतिनिधिको लागि युवातर्फ ६ र महिलातर्फ ३ जनाले आकांक्षा देखाएका हुन । निर्वाचन अधिकृत नेत्रप्रसाद पौडेलले दिएको जानकारी अनुसार महिलातर्फ दुर्गा कोइराला, लिलादेवी लामिछाने र शर्मिला केसी र युवातर्फ सुदीप तिमल्सिना, सुब्बा लामा थिङ्ग, बालकृष्ण हुमागाई, यमकुमारी सापकोटा, पुरुषोत्तम भट्टराई र तिलक घलानले मनोनयन पत्र दाखिला गरेका छन । निर्वाचन कार्यक्रम अनुसार मंगलवार बिहान ८ बजेसम्म उम्मेदवारहरुले मनोनयन पत्र फिर्ता लिने समय निर्धारण गरिएको र सहमति हुन नसके मतदान प्रक्रियाबाट प्रतिनिधि छनौंट गरिने निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।त्यसैगरी जीतपुरसिमरामा उपमहानगरपालिकामा पनि प्रतिनिधि छनौटको लागि मतदान नै हुने भएको छ । २० जना प्रतिनिधिको लागि ३ दर्जन भन्दा बढीको मनोनयन पत्र दाखिला भएपछि मतदान प्रक्रियाबाट प्रतिनिधि छनौट गरिने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here