अनिल तिवारी
सिमरा – जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा संचालित सिमरा पब्लिक ईङ्लिस स्कुलको १२औँ वार्षिकोत्सव समारोहमा मदन पुरस्कार विजेता “सेतो धरती” उपन्यासका लेखक, साहित्यकार अमर न्यौपाने आउनुहुने छ ।
विद्यार्थीहरुलाई किताबी ज्ञानका साथै ब्यवहारिक ज्ञान दिन सिमरा पब्लिक ईङ्लिस स्कुलले आफ्नो वार्षिक उत्सवको अवसरमा प्रत्येक वर्ष नेपाली साहित्यकारहरुलाई प्रमुख अतिथीको रुपमा निमन्त्रण गर्दै आएको छ । हरेक वर्ष झै यस वर्षपनि वार्षिक उतसवको अवसरमा अउनुहुने आख्यानकार न्यौपाने वि.सं. २०६८ सालमा मदन पुरस्कारबाट सम्मानित हुनुभएको हो उहाको पहिलो कृति पानीको घाम वि.सं. २०६६ मा प्रकाशित भएको थियो जुन कृतिले उहालाई पद्मश्री पुरस्कार प्राप्त गर्न सफल बनाएको थियो ।
वि.सं. २०६८ मा प्रकाशित सेतो धरती उपन्यासले वि.सं. २०६८ को मदन पुरस्कार प्राप्त गर्न सफल भएको न्यौापने वि.सं. २०७२ मा शिक्षासम्बन्धी उपन्यास करोडौँ कस्तुरी प्रकाशनमा ल्याएनुभयो । यसैगरी किशोरीको मनोविज्ञानमा आधारित वि.सं. २०७६ मा प्रकाशित गुलाबी उमेरले युवा पाठक बिच उहाँलाई अझ लोकप्रिय बनाएको पाईनछ ।
शनिवार आयोजना गर्न लागिएको वार्षिकोत्सव कार्यक्रममा बिद्यार्थीहरुबाट समसामयिक विषयमा नाटक, हाँस्य प्रस्तुती, नृत्य लगाएत विभिन्न कलाहरु प्रस्तुत हुने विद्यालयका संचालक सालिकराम अधिकारीले जानकारी दिनुभएका छ ।