सिमरा,नेकपा एमालेका नेता रामनाथ पटेलकी मतामयी माता फुलमती देबी पटेल कुर्मीको स्मुतिमा बुधवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ इनर्वासिराको मथुरापुरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वर्गीय फुलमती देवीको योगदानको चर्चा गरेका थिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले मानिस जन्मेपछि मृत्यु स्वभाविक भएकोले जीवन रहुञ्जेल समाजको लागि केही उपयोगी काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य देवनारायण चौधरी, प्रदेश कमिटी सदस्य तथा पूर्वप्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, एमाले पूर्वनगर अध्यक्ष कृष्ण खनाल, एमालेका नगर उपसचिवहरु झपेन्द्र बराल, अलोपिया चौधरी तथा मृतक परिवारका सदस्य विश्वनाथ पटेल, रबिन्द्र खकुरेल, मुस्लिम अन्सारी लगायतले स्व.फुलमतीले पार्टीको संगठन विस्तारमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।फुलमती देबीको ९७ बर्षको उमेरमा निधन भएको थियो । उहाँ तत्कालिन नेकपा माले पार्टीको भूमिगत सेल्टर दाता हुनुहुन्छ ।एमाले वडा नम्बर १९ का अध्यक्ष सुदन दास तत्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण रमेश चौधरीले गर्नुभएको थियो भने स्वागत कमल चौधरीले गर्नुभएको थियो ।

Leave a Reply