राजन कुमार बानिया
पोखरिया,हेल्पिङ्ग लाइभ्स, लण्डनको आर्थिक सहयोग तथा इन्टरनेशनल युथ सोसाइटी नेपालको समन्वय तथा पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेस प्रदेश पर्साको सहजीकरणमा पर्सा जिल्लाको ग्रामीण भेगका अतिविपन्न, गरीब, मुस्लिम, सीमान्तकृत तथा दलित बालबालिकाको लागि शैक्षिक सामग्री तथा पौष्टिक आहार वितरण गरिएको छ ।पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ३ को कौवावन गाउँको मुसहर बस्तिका बालबालिका, कटैया गाउँका बालबालिका, वडा नम्बर ५, महुवनको दलित प्राथमिक विद्यालयका बालबालिका, वीरगञ्ज महानगरपालिका वडा नम्बर १९, बिन्दबासनी केहुनिया गाउँका बालबालिका गरि ५ सय ६० जना बालबालिकाको लागि शैक्षिक सामग्री तथा पौष्टिक आहार वितरण गरिएको हो । अतिविपन्न, मुस्लिम, दलित, सीमान्तकृत बालबालिकाको लागि वितरण गरिएको शैक्षिक सामग्रीहरुमा ६ वटा कापी, २ वटा कलम, ३ वटा सिसाकलम, २ वटा कटर, २ ईलेजर र खानेकुरामा प्रतिबालबालिका ४ वटा वाइवाइ चाउचाउ र बिस्कुट रहेको छ ।लन्डनबाट आउनुभएका हेल्पिङ्ग लाइभ्स, लन्डनका फाउन्डर प्रेसिडेन्ट तथा बरिष्ठ समाजसेवी जाबिद अख्तरले पिसफोर दलितस फाउन्डेसन नेपालले गरेको कार्य तथा संस्थाको कार्य क्षेत्रहरूको अनुगमन र निरीक्षण गर्नुभएको थियो । साथै उहाँले स्थानीयसंगै सामुदायिक छलफल तथा अन्तक्र्रिया पनि गर्नुभएको थियो ।लन्डनको हेल्पिङ्ग लाइभ्सको फाउन्डर प्रेसिडेन्ट तथा अन्तर्राष्ट्रिय बरिष्ठ समाजसेवी अख्तरलाई पिसफोर दलितस फाउन्डेसन नेपाल टोलीले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मानित गरेको थियो ।अख्तरले निर्वाहा गर्नुभएको मूमिकाको मुल्यांकन गर्दै बालबालिकाको लागि गरेको सहयोगको दलित समुदायका अगुवा चोटक रामुले धन्यवाद तथा आभार व्यक्त गर्नुभएको थियो ।दलित समुदायको रुपान्तरण, परिवर्तन तथा विकासको लागि निरन्तर सहयोग गर्ने, मधेश प्रदेश र पर्सा जिल्लाको दलित समुदायमा पटकपटक आउनुहुने अन्तर्राष्ट्रिय स्तरका बरिष्ठ समाजसेवी तथा इन्टरनेसनल युथ सोसाइटी नेपालका अध्यक्ष डा. पियारतन महर्जनलाई पनि दलित समुदायको तर्फबाट सम्मान गरिएको थियो ।इन्टरनेसनल युथ सोसाइटी नेपालको अध्यक्ष तथा अन्तर्राष्ट्रिय स्तरका बरिष्ठ समाजसेवी डा. महर्जनले संस्थाको कार्यको मुल्यांकन गरि दलित समुदायको सामुदायिक रुपान्तरण, सामुदायिक सशक्तीकरण, विकास तथा बालबालिकाको सहयोग र कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । साथै उहाँले दलित समुदाय तथा बालबालिकाको लागि प्रगतिको शुभकामना पनि दिनुभएको थियो ।टोली पर्सा जिल्लामा १ दिनसम्म बस्ने कार्यक्रम रहेको पनि सो अवसरमा जानकारी गराइएको थियो । डा.महर्जन काठमाण्डौमा नै बस्ने सामाजिक, सामुदायिक विकास र मानवीय समाजसेवी हुनुहुन्छ । उहाँसंग युवा विकास र अन्तर्राष्ट्रिय मामिलाहरूको अनुभव छ । उहाँनी स्थानीय र विश्वव्यापी रूपमा परिचित हुनुहुन्छ । उहाँले मेटा सेन्टर अनाथाश्रम विद्यालयको स्थापना गरेर बिस वर्षदेखि सेवा गरिरहनुभएको छ ।शैक्षिक सामग्री, च्यारिटी कार्यक्रम, पौष्टिक आहार वितरण तथा कार्य क्षेत्रको अनुगमन कार्यक्रमको अध्यक्षता दलित अभिभावक संघकी अध्यक्ष उर्मिला देवी मुसहरले गर्नुभएको थियो भने प्रमुख अतिथि हेल्पिङ्ग लाइभ्स, लन्डनको फाउन्डर प्रेसिडेन्ट तथा अन्तर्राष्ट्रिय बरिष्ठ समाजसेवी अखतर, डा. महर्जन र अतिथिमा निना राई, रिजना चौलागाईं, दलित महिला सदस्य, दलित दबाब समुहका अध्यक्ष चोटक राम, पिसफोर दलितस फाउन्डेसन नेपालको कोषाध्यक्ष लिलावती देवी, सचिव दिपेन्द्र राम, सदस्य पारमानन्द राम, सुरेन्द्र पासवान, सन्जोग राम, उदम देवी, श्रीकान्ती देवी , कार्यक्रम संयोजक अशोक राम,बिनोद राम, श्रावण साह तेली लगायतको उपस्थिति रहेकोे थियो ।

Leave a Reply