निजगढ,निजगढ नगरपालिकाले पशु चौपायाहरुलाई खोप लगाउने र कृतिम गर्भाधान कार्यको लागि प्राविधिकहरुको नाम सूचीकृत गर्ने भएको छ ।कार्यालयले आर्थिक वर्ष २०८२-८३ मा नगर क्षेत्रभित्र पि.पि.आर, एच.एस.वि.क्यु. खोरेत, लम्फी स्किन लगायत अन्य रोग विरुद्ध पशुमा भ्याक्सिनेसन कार्यको लागि भ्याक्सिनेटर र गाईभैसीमा कृत्रिम गर्भाधान कार्यको लागि तालिम प्राप्त प्राविधिकहरुको नाम सूचीकृत गर्न लागेको हो ।

नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्यालले जारी गरेको सूचनामा ईच्छुकलाई ७ दिनभित्र आवश्यक कागजातसहित नगरपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न भनिएको छ ।सूचनमा नागरिकताको प्रमाणपत्र प्रतिलिपि, जे.टि.ए. वा सो सरहको प्रमाणपत्रको प्रतिलिपि, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा दर्ता भएको प्रमाणित पत्रको प्रतिलिपि र कृत्रिम गर्भाधानकर्ताको हकमा गर्भाधान सम्बन्धी तालिमको प्रमाण पत्रको प्रतिलिपिसहित आवेदन गर्न भनिएको छ ।नगरपालिकाले सूचीकृतमा परेका प्राविधिकहरुलाई पारिश्रमिक दिएर आवश्यकता अनुसार भ्याक्सिनेशन र कृत्रिम गर्भाधान कार्यमा लगाउने पशु सेवा शाखका प्रमुख युगलकिशोर सिंहले बताउनुभयो । नगरपालिकामा अघिल्लो वर्ष ५ जना भ्याक्सिनेटर र ३ जना कृत्रिम गर्भाधानकर्ता सूचीकृत भएका थिए ।



















