कृष्ण मोहन साह

सेढवा,पर्साको गादीमाई साझेदारी वन व्यवस्थपन समुहको अध्यक्ष पदमा सोहरुम राउत गद्दी विजय हुनुभएको छ ।सवडिभिजन वन कार्यालय बसन्तपुरमा भएको प्रथम साधारण सभाबाट गद्दी १ सय २६ मत प्राप्त गरी अध्यक्ष पदमा बिजय हुनुभएको हो । उहाँले जम्मा १७ मत अन्तरले मात्रै जित हात पार्नुभएको हो । निकटम प्रतिद्वन्दी कृष्णमोहनप्रसाद यादवले १ सय ६ मत प्राप्त गर्नुभएको थियो ।समुहको अन्य पदमा पनि गद्दी प्यानलर्क उम्मेदवारहरु विजय भएका छन । गद्दी प्यानलका सदस्यहरुमा उमा देबी दुसाद, ज्यनती देबी थरुनी, इन्दिरा देबी चाइ, सुबास महतो चाइ, बासुदेव तिवारी, जितेन्द्रकुमार बर्मा, राजबली बैठा धोबी, शत्रुधन ओझैया थारु, रामचन्द्र गौरो, अब्दुलक्याम अन्सारी, तबरेज अली साह, सन्जयप्रसाद ख्वास रहेका छन ।निर्वाचनमा जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, जगरनाथपुर, धोबिनी, कालिकामाई, छिपहरमाई, पकहामैनपुर गाउँपालिका र पोखरिया नगरपालिकाका ३७ वटा वडाका प्रतिनिधिहरु सहभागी रहेका थिए । जम्मा २ सय ५९ मतदातामध्ये २५३ जना मतदानमा सहभागी बनेका थिए । निर्वाचनमा १७ वटा मत बदर भएको छ ।नवनिर्वाचित पदाधिकारीहरुलाई डिभिजनल वन अधिकृत सुबासचन्द्र दासले स्वागत गर्दै प्रमाण पत्र वितरण गर्नुभएको थियो ।अध्यक्षमा निर्वाचित गद्दीले आफ्नो मात्र जित नभइ सम्पुर्ण जनताको जित भएको बताउनुभयो । गद्दीले पराजित कृष्णमोहन यादव आफनो मित्र रहेकोले आपसी सरसल्लाहामा काम गर्ने बताउनुभयो । उहाँले वन संरक्षणको काममा सबैको साथ र सहयोगको अपेक्षा गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here