कलैया,विश्वव्यापी महामारीको रूपमा तीव्र गतिले फैलिरहेको कोरोना भाईरसलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० मा रहेको मेरो माईक्रोफाईनान्स लघु बित्तिय संस्था लिमिटेड गञ्जभवानीपुर शाखाले मंगलबार निःशुल्क स्वास्थ्य सामग्री वितरण गरेको छ । शाखाले प्रहकी चौकी गञ्जभवानीपुरलाई २० पिस साबुन, १५० पिस सर्जिकल माक्स, ७ लिटर सेनिटाईजर र प्राथमिक स्वास्थ्य केन्द्र गञ्जभवानीपुरलाई साबुन १२ पिस, सेनिटाईजर १२ पिस, १५० पिस सर्जिकल माक्स वितरण गरेको मेरो माईक्रोफाईनान्स लघुबित्तिय संस्था लिमिटेड शाखा कार्यालय गञ्जभवानीपुरका प्रवन्धक रामपुजन साहले बताउनुभयो ।

कार्यक्रममा क्षेत्रीय प्रवन्धक रामकिशोर कुशवाहा, शाखाका सहायकहरू शरदाशंकर बछाड, सीमा चौधरी, कनिष्ठ सहायकहरू बिवेककुमार साह, प्रबीन चौधरी, सन्तोष कुमार साह, उजय कुमार साह, नेपाल रेडक्रस सोसाईटी उपशाखा गञ्जभवानीपुरका अध्यक्ष प्रभुलाल प्रसाद कुशवाहा, प्रहरी चौकी गञ्जभवानीपुरका प्रहरी नायब निरीक्षक बिन्देश्वर महतो प्राथमिक स्वास्थ्य केन्द्र गन्जभवानीपुरका जनस्वास्थ्य निरीक्षक प्रदीपकुमार जयसवाल, सिअहेब बिरेन्द्र यादवलगायत सञ्चारकर्मीहरूको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply