नरेश गुप्ता
बरियारपुर,ईलाका प्रहरी कार्यालय सिम्रौनगढले हतियारसहित सिम्रौनगढबाट दुई जनालाई नियन्त्रणमा लिइएको छ ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर १ स्थित नम्सगराढाठ पोखरीको डिलबाट सोही ठाउँ बस्ने वर्ष २९ का अनिल मुखिया र वर्ष २५ का गुड्डु मुखियालाई एक थान कटुवा पेस्तोलसहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका दुबै जनाले स्थानीयलाई हतियार देखाएर धाकधम्की दिइरहेको खबर पाएपछि ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा पुगेको १० जनाको प्रहरी टोलीले उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिएको हो । हतियार धारीहरुलाई घेरा हाली नियन्त्रणमा लिएको र मुखियाको साथबाट कटुवा पेस्तोल थान १ फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।