निजगढ,जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निजगढ नगरपालिका ४ का २० वर्षीय (परिवर्तित नाम) राकेश माझीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले माझीलाई उनकै घरबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत बाराको २०७७ मंसिर २८ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ११ वर्ष १० महिना २९ दिन कैद र ६ हजार ६ सय ६६ रुपया ६६ पैसा जरिवाना ठहर भई फरार भएका माझीलाई बुधबार ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले आफनै घरमा लुकिछिपी बसेको अवस्थामा प्रक्राउ गरेको हो ।

अदालतको फैसला कार्यान्वयनका लागि माझीलाई बुधवार नै बारा जिल्ला अदालत कलैयामा पेस गरि कैद तथा जरिवाना भुक्तानका निम्ति वीरगन्ज कारागारमा पठाइएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सन्जिव ओलीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here