वीरगञ्ज, अवैध तरिकाले भारतबाट नेपालमा ल्याइएको डेढ लाख रुपैयाँ बराबरको पटाका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।वीरगञ्जसँगै जोडिएको सीमावर्ती भारतीय सहर रक्सौल लगायतका स्थानबाट अवैध तरिकाले नेपाल ल्याइएको १ लाख ५१ हजार २७८ रुपैयाँ मूल्य बराबरको पटाका सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल वीरगञ्ज आउट पोस्टबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर २ छपकैयाको इदगाहा चोक नजिकैबाट मधेस प्रदेश ०३–००१ च ७५०० नम्बरको स्कर्पियो गाडीबाट पटाकाहरू बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) किशन कर्माचार्यले जानकारी दिनुभयो ।
एसपी कर्माचार्यले पटाकाहरू शनिवार राति बरामद गरिएको जानकारी दिनुभएको छ । उहाँले यसअघि विभिन्न व्यक्तिहरूबाट पटाकाहरू बरामद गरिएको बताउनुभयो । दीपावली नजिकिएसँगै भारतबाट अवैध तरिकाले पटाकाहरू नेपाल भित्रिने गरेको छ ।बरामद गरिएको पटाकाहरू सशस्त्र प्रहरीले आइतवार दिउँसो नेपाल प्रहरी, सञ्चारकर्मी, जनप्रतिनिधि र स्थानीयहरूको उपस्थितिमा गण परिसर मै खाल्डो खनेर नष्ट गरेको १३ नम्बर गणका प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक सङ्गम श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply