कृष्ण मोहन साह
सेढवा,पर्साको जीराभवानी गाँउपालिकाको कार्यपालिका सदस्यमा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ ।
सोमबार भएको कार्यपालिका सदस्यको निर्वाचनमा ६ वटै सदस्यमा काँग्रेसका उम्मेदवार विजयी भएका हुन् । कार्यपालिकाको अल्पसंख्यक सदस्यमा सरोज चौरसिया, दलित सदस्यमा रितिककुमार हजरा तथा महिला सदस्यहरुमा रुना देवी मुसहरिन, अंशुइया देवी , कौशिल्या चमराइन् र रन्जुदेवी थरुनी निर्वाचित भएको निर्वाचन अधिकृत झविन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
सोमबार ६ सदस्य पदका लागि भएको निर्वाचनमा काँग्रेस र नेकपा एमालेबाट ६÷६ जना गरि १२ जनाको उम्मेदवारी परेको भएपनि १५ मत सहित काँग्रेसका उम्मेदवारहरु निर्वाचित भएका हुन् । एमालेका उम्मेदवारले भने १० मत मात्रै पाएको निर्वाचन अधिकृत पाण्डेले जानकारी दिनुभयो ।
यसअघि गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र ३ वटा वडा अध्यक्ष काँग्रेसले जितेकोमा २ वटा वडा मात्र एमालेले जितेको थियो ।


















