निजगढ,नेपाल विद्यालय कर्मचारी परिषदको आह्वानमा निजगढ नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरु आइतवारबाट एक सातासम्म बन्द गरिने भएका छन ।

आफूहरुलाई तलब र सेवा सुविधामा विभेद गरिएको भन्दै देशव्यापीरुपमा आन्दोलनरत विद्यालय कर्मचारीहरुले निजगढमा पनि सबै सामुदायिक विद्यालयहरु आइतवारबाट आगामी भदौं १८ गतेसम्मको लागि बन्द आह्वान गरेको नेपाल विद्यालय कर्मचारी परिषद बारा जिल्ला पूर्वउपाध्यक्ष एंव सार्वजनिक मावि बागदेवका लेखापाल नवराज गौतमले जानकारी दिनुभयो । उहाँले आइतवारबाट कर्मचारीले सबै काम रोक्न विद्यालयको ढोकाको ताल्चा पनि नखोल्ने बताउनुभयो ।

केन्द्रीय समितिको निर्णय अनुसार बन्द आह्वान गरिएको बताउदै विद्यालय बन्द गरेर कर्मचारीको आन्दोलनमा समर्थन जनाइ दिन कर्मचारीहरुले प्रधानाध्यापक र शिक्षकहरुसंग पनि अनुरोध गरेका छन । विद्यालयका कर्मचारीहरुलाई पनि शिक्षकको सरह तलब, भत्ता र अन्य सेवा सुविधा उपलब्ध गराउनु पर्ने माग गर्दै विद्यालयमा कार्यरत कर्मचारीहरुले भदौं ५ गतेदेखि काठमाण्डौं केन्द्रीत आन्दोलन संचालन गर्दै आएकोमा देशव्यापीरुपमा विद्यालय बन्दको अहवन गरेका हुन ।

Leave a Reply