कलैया,बाराको कोल्हवी नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।कोल्हवी नगरपालिका वडा नम्बर १ निकासमा ना ५४ प ६८५१ र ज ७ प ६०३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा ना ५४ प ६८५१ नम्बरको मोटरसाइकलका चालक कोल्हबी नगरपालिका ६ अधनवा बस्ने १८ वर्षका विकाश चौधरीको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । दुर्घटनामा ज ७ प ६०३६ नम्बरको मोटरसाइकलको पछाडि बसेका ४५ वर्षका रामचन्द्र चौधरी घाइते भएको र उनको पारस अस्पताल कोल्हबीमा उपचार भइरहेको मिश्रले बताउनुभयो । अर्का मोटरसाइकल चालक शम्भु चौधरीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको मिश्रले जानकारी दिनुभयो ।

Leave a Reply