नेपाली कांग्रेस यो देशको पुरानो पार्टी हो यसमा समस्या भएन । काँग्रेसले आफूलाई लोकतन्त्रवादी पार्टी समेत भन्ने गरेको छ ।

लोकतन्त्रमा बहुमत वा चुनावको महत्व हुन्छ यो कांग्रेसका नेता कार्यकर्ताहरलाई बुझाउनु पर्ने कुरा पनि होइन । नेपाली कांग्रेसले अरु पार्टीसंग चुनाव लडेर त आफूलाई हार भए स्वीकार गर्ने गर्दछ भने आफ्नो पार्टीको कुरा त फरक नै भइहाल्यो ।

तैपनि कांग्रेसले आन्तरिक लोकतन्त्रलाई राम्रोसंग स्वीकार नगरेको देखिन्छ । जसको उदाहरण बारा कांग्रेस आफै बनेको छ । शनिबार कलैयामा भएको मतदानका क्रममा देखिएका दृष्यले अझै कांग्रेसमा आन्तरिक लोकतन्त्र बलियो बनाउन आवश्यक देखिन्छ । त्यसो त नेताको स्वार्थमा कार्यकर्ता समेत परेको देखिन्छ ।

हुनत शनिबार स्थगित भएको कांग्रेसको चुनाव बुधबार हुदैछ । बुधबार हुने चुनावमा यो हर्कत फेरि नदोहोरियोस् यो कामना गर्न सकिन्छ । तैपनि आन्तरिक चुनावलाई सहज रुपमा लिनु पर्दछ । जसले जिते पनि काँग्रेसले नै जित्ने हो भन्ने भावनाको बिकास भएन भने फेरि शनिबारको जस्तै दुर्दशा नदोहोरिएला भन्न सकिन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here