पोखरिया,पोखरियाको विकासका लागि प्रदेश सरकारबाट आएको करोडौ रकम फ्रिज भएको विरोधमा विगत एक सातादेखि पोखरिया जिल्ला अस्पतालमा रिले अनशन गर्दै आएका जसपा कार्यर्ताले आइतबार पनि अनशन अझै जारी राखेका छन । जसपाका केन्द्रीय सदस्य नेजामुद्दिन समानीको नेतृत्वमा एक सातादेखि दिउँसो १२ बजेदेखि २ बजेसम्म दैनिक दुई घण्टाका दरले हुदै आएको रिले अनशन जारी राखिएको हो ।

पोखरिया अस्पताल र नगरपालिकाको विकासका लागि नौ सूत्रीय माग अघि सारेर अनसन शुरु गरिएको जसपाका नेता समानीले बताउनुभयो । उहाँले आन्दोलन जारी रहँदा अस्पतालको भौतिक विकास बढनुको साटो उल्टो घटी रहेको बताउनुभयो । उहाँले पोखरिया नगरपालिकाको चरम लापरवाहीको कारण प्रदेश सरकारबाट प्राप्त चार करोड सशर्त अनुदान खर्च नभएर फ्रिज भएको र आवमा भौतिक सामानहरू पनि फिर्ता जाने अवस्थामा रहेको बताउनुभयो ।

नेता समानीले प्रदेश सरकारले दिएको पिसिआर मेशिन सञ्चालन हुन नसक्दा प्रदेश सरकारले फिर्ता मागेका बताउनुभयो । सिपियु र वातानुकुलित मेशिन एकमहिनादेखि नगरपालिकाले जडान गरेर सञ्चालनमा ल्याउन नसकेको कारण प्रदेश सरकारले फिर्ता मागेको उहाँले बताउनुभयो ।

यसैगरी १६ शैयाको आइसियु र एक शैयाको भेन्टिलेटर पनि संचालनमा आउन सकेको छैन । प्रदेश सरकारले शववाहनको व्यवस्था गरेको तर नगरपालिकाले सो सञ्चालनका लागि चालकसमेत राख्न नसकेकोपछि प्रयोगमा नआएको समानहरू पनि सरकारले फिर्ता माग्ने आशङ्का बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here