जीतपुर,प्रहरीले जुवा खेलिरहेको अवस्थामा जीतपुरसिमराबाट पाँच जनालाई नियन्त्रणमा लिएको छ ।प्रहरीले मङ्गलवार जीतपुरसिमरा उपमहानगरपालिका– ७ जीतपुर बजारमा रहेको एउटा घरमा जुवा खेलिरहेको अवस्थामा पाँच जना जुवाडेलाई नगद रकम, मोबाइल र मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।इलाका प्रहरी कार्यालय सिमराबाट खटेको प्रहरी टोलीले विशेष सूचनाको आधारमा स्थानीय लालबाबु साहको घरबाट उनीहरूलाई ५० हजार नेपाली रुपैयाँ, तिन थान ठूलो र एक थान सानो मोबाइल, दुई वटा मोटरसाइकल र केही भारतीय रकमसहित नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।पक्राउ पर्नेमा जीतपुरका ५५ वर्षीय शिवचन्द्र सहनी, ६० वर्षीय लालबाबु साह, ५० वर्षीय अफताव आलम, वीरगञ्ज महानगरपालिका– ३२ का ४० वर्षीय विनोद पञ्जियार र ५२ वर्षीय मोती साह रहेका छन् । उनीहरूलाई छाड्न चौतर्फी दबाबसमेत आइरहेको प्रहरी स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार नियन्त्रणमा रहेका पाँच जनामाथि कानुनी कारबाही अगाडि बढाइएको जनाएको छ ।

Leave a Reply