जीतपुर,बारा क्षेत्र नम्बर ४ मा नेकपा एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार एकबाल मियाँ र क्षेत्र नम्बर ४ क बाट प्रदेश सभा सदस्य उम्मेदवार देवनारायण चौधरीले बिहिवार जीतपुरसिमर उपमहानगरपालिकाको दुई वटा वडामा घरदैलो सम्पन्न गरेका छन् ।
जीतपुरसिमराको वडा नं. ३ रामवन र वडा नं. ६ नगौलमा उम्मेदवारद्धय मियाँ र चौधरीले घरदैलो गरेका हुन् । चुनावी अभियानका क्रममा घरदैलोमा पुगेका उम्मेदवारद्धयलाई स्थानीयले अबिर र माला लगाउदै स्वागत गरेका थिए । घरदैलोमा स्थानीयको सहभागिता उत्साहजनक रहेको एमाले केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरीले जानकारी दिनुभयो ।
घरदैलोमा एमाले केन्द्रीय सदस्य चौधरीसहित मधेस प्रदेश सचिवालय सदस्य एवम् निवर्तमान प्रदेशसभा सदस्य सुन्दर विक, मधेस प्रदेश कमिटी सदस्य दिनेश्वर ठाकुर, मधेस प्रदेशका समानुपातिक उम्मेदवार अमर यादवलगायत एमालेका नेताकार्यकर्तासहित स्थानीयको सहभागिता रहेको थियो ।
घरदैलोका क्रममा मधेस प्रदेश सभा सदस्य उम्मेदवार चौधरीले जनताको उत्साहजनक सहभागिताले आफूहरु उत्साहित रहेको बताए ।