सिमरा,श्रमिक बचत तथा ऋण सहकारी संस्था सिमराले आयोजना गरेको रक्तदान कार्यक्रममा ८ महिलासहित ५१ जनाले रगतदान गरेका छन ।

सिमरा बजारमा भएको रक्तदान कार्यक्रममा प्रतिमा नेपाल, सनिता मैनाली, गिता शर्मा, कृस्टिना घलान, सबिना श्रेष्ठ, सुमित्रा पोखरेल, अम्रिता लामिछाने, लक्ष्मण सापकोटा, मानबहादुर श्रेष्ठ, मानहरी अधिकारी, बिनोद पटेल, कृष्णा आचार्य, घनश्याम गिरी, सरोज बस्नेतले रगत दान गर्नु भएको थियो भने सहकारी संस्थाका अध्यक्ष बेनी तिमिल्सिनाले रक्तदाताहरुलाई संस्थाको नाम उल्लेख भएको टिसर्ट हस्तान्तरण गर्दै धन्यवाद दिनु भएको थियो ।
रक्तदान कार्यक्रममा रेडक्रस पर्साका सहायक राजन श्रीवास्तव, उदयप्रसाद जैसवाल, लिलाधर साह, शेखर गुप्ता, शेख एकरामुल र रामनरेस यादवले प्राविधिक सहयोग रहेको श्रीवास्तवले जानकारी गराउनुभयो ।


















