कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाँउपालिकामा जारी ७औं परसवा गोल्डकपका कारण विद्यार्थीहरुको पठनपाठन प्रभावित हुन नदिन गाउँपालिका अध्यक्ष अनोज चौधरीले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा बिहानी कक्षा संचालन गर्न निर्देशन दिनुभएको छ ।खेल दिउसो १ बजेदेखि शुरु हुने हुँदा विद्यालयमा अध्ययनरत बालबालिकाहरुको ध्यान पठनपाठनमा केन्द्रित नहुने, कतिपय विद्यालयका विद्यार्थीहरु स्कुल नजाने वा मध्यान्तरमा नै विद्यालयबाट बाहिरिने गरेकोले प्रठनपाठन प्रभावित हुन नदिन बिहानी कक्षा संचालन गर्न सूचना जारी गर्नुपरेको गाउँपालिकाका अध्यक्ष चौधरीले बताउनुभयो ।अध्यक्ष चौधरीका अनुसार बिहान विद्यालयहरुमा ६ः३० बजेदेखि १२ बजेसम्म कक्षा संचालन गर्न सूचना जारी गरिएको छ । सोमवार बिहानदेखि जिराभवानी गाउँपालिका अन्तर्गतका २२ वटा सामूदायिक विद्यालयले बिहानी कक्षा संचालन शुरु गरेका छन ।यसका साथै छिमेकी गाउँपालिका जगरनापुर गाउँपालिकाका वडा नं १, २ र ३ का केही सामूदायिक विद्यालयहरु पनि गोल्डकपका कारण बिहानी कक्षा संचालन गरेका छन ।फुटबल प्रतियोगितामा मार्च पास, खेलाडीहरुलाई स्वागत तथा विभिन्न क्रियाकलाप संचालनका लागि सामुदायिक तथा निजी विद्यालयका दैनिक एक सयभन्दा बढि बालबालिकाहरु प्रयोग हुदै आएकाछन ।




















