वीरगञ्ज,पर्साको बहुदरमाई नगरपालिका– ५ भौराटारमा आगलागी भएको छ ।स्थानीय रामजोधा महतो नुनियाको घरमा विद्युत् सर्किट सर्ट भई आगलागी भएको अस्थायी प्रहरी पोस्ट डकैला बहुअरीका प्रहरी सहायक निरीक्षक नगिना यादवले जानकारी दिनुभयो ।आगलागीमा मानवीय क्षति नभए पनि नुनियाको घर जलेर पूर्ण रूपले नष्ट भएको छ । घरमा रहेको भाडा बर्तन, लत्ताकपडा, गरगहना, नगद तथा धान,गहुँ र चामल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।बहुदरमाई नगरपालिका, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट अन्दाजी ६ लाख रुपैयाँ बराबरको बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।