वीरगञ्ज,वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ स्थित एनआई कलेज अगाडि जाने बाटोमा रहेको एक घरमा करिब ५० लाख रुपैयाँभन्दा बढी मूल्यबराबरको धनमाल र नगद चोरी भएको छ ।करिब १ बजेको समयमा घरमा कोही नभएको मौका छोपेर चोरहरूले घरको झयालबाट प्रवेश गरेका थिए । चोरीको क्रममा सुनचाँदीका गरगहना, नगद र अन्य मूल्यवान सामानहरू उठाएर फरार भएका हुन् ।घरमा जडान गरिएको सीसी क्यामरामा तीन जना पुरुषले करिब एक घण्टा घरभित्र दराजहरू तोडफोड गर्दै चोरी गरेको स्पष्ट दृश्य देखिएको छ । चोरी भएको घरका धनी श्यामलाल कर्ण हुन् ।



















