सडक वा बाटो अब नेपालीका लागि दैनिकी जस्तै भएको छ । अथवा पिच सडक अनि चौडा सडक नेपालीहरुको माग बन्दै गइरहेको छ ।शिक्षा र स्वास्थ्य अनि खानेपानी जस्तै सडक पनि आम नेपालीहरुको अब चाहना र आवश्यकता दुबै बन्दै गइरहेको छ । अब सडक विस्तार र विकासको जुनसुकै शासक आएपनि बिकल्प छैन ।

तराई मधेशको सवालमा त झन् यो ढिला पनि भइरहेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको कमला– ढल्केबर– बागमती सडक खण्ड विस्तार गर्न ठेक्का लागेको छ । तर सोही राजमार्गको बागमती– पथलैया खण्डको स्तरोवृद्धि कार्य भने अझै अनिश्चित हुँदा यो सडकको बिषयमा चिन्ता गर्नु पर्ने अवस्था आएको छ ।सडक जताको पनि बन्नु पर्छ यसमा बिरोध गर्ने कुरै भएन तर बागमती पथलैया होस् वा पथलैया हेटौंडा होस् यो सडकको विस्तार अति आवश्यक भइ सकेको छ ।

बाराको आधाभार क्षेत्रमा हालै केही सडक चौडा गरेको जस्तो देखिएपनि त्यो प्रर्याप्त भएको छैन । हुन त वीरगञ्ज पथलैया सडकको विषयमा निकै धेरै पटक कुरा उठे । आन्दोलन पनि भए बल्लबल्ल आज बनेको छ र यात्रा गर्न मात्र होइन सवारी दुर्घटनामा समेत धेरै कमी आएको छ ।

अब पथलैया हेटौंडा अनि पूर्वको बाटोको विस्तार गर्नु पर्दछ । अत्यन्तै साँघरो सडकका कारण सवारी दुर्घटना भएकै देखिन्छ । सवारी दुर्घटनामा अन्य सहायक कारण पनि होलान् तर मुख्य त साँघुरो सडक नै लिने गरिएको छ । जसरी अन्य स्थानको बाटो मर्मत, विस्तार र विकासका लागि काम भइरहेको छ ठेक्का लागेको छ । नेपालको पुरानो यो पूर्व पश्चिम राजमार्ग पनि बिस्तार हुन एकदमै आवश्यक छ ।

Leave a Reply