आर.के.चौधरी
सखुवाप्रसौनी,पर्साको ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीमा शान्ति सुरक्षा तथा परिचात्मक कार्यक्रम सम्पन्न भएको छ ।ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीको अध्यक्षतामा भएको सो अन्तक्रियात्मक कार्यक्रम ईलाका प्रहरी कार्यलय अन्तर्गत पर्ने क्षेत्रका समाजसेवी, बुद्धिजीवी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा पर्सागढी नगरपालिकाका पूर्व मेयर लोकनारायण यादव, सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदिप जैसवाल, सखुवाप्रसौनीका उपाध्यक्ष शर्मीला बिष्ट, सखुवाप्रसौनी वडा १ का अध्यक्ष बासुदेव महतो थारु, वडा ३ का वडा अध्यक्ष मोजामील अन्सारी, समाजसेवी महेन्द्र चौधरी थारुलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा उपस्थित व्यक्तिहरुले सुरक्षा र लागुऔषधी सेवन सम्बन्धि समस्याको बारेमा निरीक्षक केसरी समक्ष अवगत गराएका थिए । प्रहरी निरीक्षक केसरीले आफ्नो ईलाका अन्तर्गतमा रहेका गाउँ टोलमा शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगर्ने बाचा गर्नुभयो । लागूऔषध ओसारपसार, बेचबिखन र लागूऔषध सेवन गर्ने युवाको सख्या बढ्दो क्रममा रहेकाले यसलाई न्युनीकरण गर्ने उहाँले कार्यक्रममा बताउनुभयो ।

Leave a Reply