कलैया,प्रहरीले बाराको देवताल गाउँपालिकाबाट २५ किलो गाँजा बरामद गरेको छ ।देवताल वडा नम्बर ७ सनफुलवास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले गस्ती गर्नेे क्रममा .बेवारिसे अवस्थामा बुधवार सो गाँजा बरामद गरेको हो ।प्रहरीका अनुसार ४÷५ जना पुरूष व्यक्तिहरुको समूहले झोलाभित्र राखेर नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि उनीहरु गाँजासहितको झोला फालेर भारततर्फ फरार थिए । प्रहरीले बरामद गरेको ५ वटा झोलामा ५÷५ किलोको दरले २५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

















