नेपालका कम्युनिष्ट पार्टीका नेता पुष्पलालको स्मृतिमा शनिबार विभिन्न कार्यक्रमको आयोजना गरेको देखियो र यही क्रममा बाराको निजगढ लगायतका केही स्थानमा भने वृक्षारोपण कार्यक्रम गरिएको थियो । कम्युनिष्ट नेताको संझना गरिनु आफैमा महत्वपूर्ण कुरा हो तर मधेशका जिल्लाहरुमा पुष्पलालको स्मरणको सवालमा भने वृक्षारोपण मात्रै भएको देखिन्छ । अथवा वृक्षारोपण गरेपछि त्यसको संरक्षण छैन भन्न खोजिएको हो ।

मधेशमा घना जंगल छ । चारैतिर चुरे र महाभारत पर्वतले पनि घेरिएको छ। तराई प्राकृति रुपबाट नै आफै हराभरा छ । तर,मानिसको स्वार्थ र बद्मासीका कारण भने तराई मधेशको अवस्था बिस्तारै बिग्रदै गइरहेको छ र मरुभूमिमा परिणत हुने डर पनि छ ।

अनि हाम्रो अहिलेको पुस्तामा भने रुख रोपेर त्यसको ख्याल नै नगरी त्यसै छाडिदिने चलन छ । यसो हुँदा हामीले आफ्नो कर्तब्य पूरा गरेको ठहरिने छैन । बरु रोपिएका बिरुवाको संरक्षण गर्न जरुरी छ अनि तराई मधेशमा हराभरा रहेका जंगलहरुको विकास हुनबाट पनि जोगाउन आवश्यक छ । यसो गरेको खण्डमा मात्रै कम्यूनिष्ट नेताको संझनामा गरिएको वृक्षारोपणले सार्थकता पाउनेछ । पुष्पलालको स्मृतिमा रोपिएका विरुवाको संरक्षण होस र रुख बनेर हराभरा बनुन हाम्रो पनि यही कामना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here