बारा :
स्थानिय तह निर्वाचनको दिन नजिकँदै गर्दा गठबन्धन भित्रका माओवादी काँग्रेसमा भने समस्या देखिन थालेको छ । माओवादीले गठबन्धनबाट मेयर पाएपनि अधिकाँस वडामा उसले काँग्रेससँगै प्र्रतिस्पर्धा गरिरहेको छ ।

माओवादी भन्दा बलियो काँग्रेसले केन्द्रिय गठबन्धनमा बाँधिएर जीतपुरसिमराको मेयर पद माओवादीलाई स्विकारेको हो । माओवादीका राजन पौडेललाई मेयर पद जिम्मा लगाएको काँग्रेसले उपमेयरमा चित्त बुझाए छ । यस्को तल्लो तहका काँग्रेस कार्यकर्तामा नैरस्यता छाएको काँग्रेस कार्यकर्ताहरुले बताए ।

निरास काँग्रेसीहरुलाई थप रुष्ठ समेत पार्नेगरी माओवादीहरु अधिकाँस वडाहरुमा काँग्रेससँगै भिडिरहँदा काँग्रेस कार्यकर्ता तनावमा रहेको उनीहरुले बताए ।

अघिल्लो स्थानिय तह निर्वाचनमा डा. कृष्ण पौडेल विजयी हुँदा एमाले पहिलो, काँग्रेस कृष्ण ब्रत सिंह दोस्रो र माओवादीका राजन पौडेलले तेस्रो स्थान पाएका थिए ।

तेस्रो भएको पार्टीलाई मेयरको उमेदवार बनाईकोमा काँग्रेस भित्रको तिब्र असन्तुष्टीमा खेल्ने रणनिति सहित पौडेलको जितलाई माओवादीले भने प्रतिष्ठाको विषय बनाएको देखिन्छ । यता काँग्रेसले पनि गठबन्धनका मेयरलाई खासै महत्व दिएको पाईएको देखिँदैन ।

वडाहरुमा नै आफ्नो सम्पूर्ण शक्ति लगाएर वडा कब्जा गर्ने ध्याउन्न्मा काँग्रेस देखिएको छ । काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुर नियमित जसो जीतपुरसिमराका विभिन्न वडाहरुमा वडा अध्यक्षका उमेदवारलाई जिताउने अभियानमा जुटेका छन् ।

उनले काँग्रेसले ईमानको राजनिति गर्ने भन्दै गठबन्धनका उमेदवालाई भोट दिनु पर्ने भनि आफ्ना कार्यकर्तालाई सम्झाउँदै र मत हाल्न सिकाउँदै आएका छन् । तर वडामै प्रतिस्पर्धी माओवादीका मेयर उमेदवारलाई भोट दिने कुरामा काँग्रेस कार्यकर्ताले मंसुरसँगै दुविधा ब्यक्त गरिरहेका छन् ।

कतिपयले माओवादीले बठ्याँई गरेर काँग्रेसलाई जीतपुरसिमरामा कमजोर पार्ने रणनीति बनाएकाले सचेत हुनु पर्ने बताउँदै आएका छन् । उनीहरु माओवादीले अधिकाँस वडामा उमेदवारी दिएर गठबन्धनको भावनामा खेल्ने प्रयास गरेको बताईरहेका छन् ।

माओवादीहरु प्रति छिटै विस्वास गरिहाल्ने अवस्था नभएको भन्दै उनीहरुले भोट दिन नसकिने बरु खाली छाड्ने सम्का विषयमा सल्लाह भैरहेको बताएका छन् ।

जितपुरसिमरामा ४ र १४ को सिमानामा पर्ने दुधौरा वारी र पारि फरक ढंगले भोट माग्ने काम भएका समेत सुचना प्राप्त भैरहेका छन् । सिमरा, औराह, पथलैया, जीतपुरमा माओवादीहरुले राजन पौडेल र भोला अधिकारीका लागि भोट मागिरहेका छन् ।

भने डुमरवाना ,फत्तेपुर ,मनहर्वा, रामनगरमा काँग्रेसले एमाले उमेदवार सरस्वती चौधरी र काँग्रेसकी मेघा शाहीका लागि भोट मागिएको चर्चा चलेको छ ।

स्थानिय आवश्यकतालाई बेवास्था गर्दै पार्टी केन्द्रले जवरजस्ती लादेका पार्टी उमेदवारका पक्षमा खुलेर लाग्न मओवादी र काँगे्रस कार्यकर्तालाई असहज भैरहेको सहजै अनुमान गर्न सकिन्छ ।

मेयर उपमेयरमा मात्रै गठबन्धन गरेर वडाहरुमा भने आमनेसामने भएका सत्तासिन दलका गतिवीधिले मतदातालाई भने भ्रममा पारिरहेको स्थानिय काँग्रेस कार्यकताहरुले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here