निजगढ,जेनजी आन्दोलनको क्रममा भाद्र २३ र २४ गते बारा जिल्लामा सार्वजनिक सम्पति र निजी घरहरुमा भएको आगजनी र तोडफोडका घटनाहरुमा संलग्नमाथि कारबाही गर्न जिल्लाका जनप्रतिनिधिहरुले गरेको माग अनुसार गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले कारबाही सिफारिस नगरेको देखिएको छ ।

जनआस्था अनलाइनले हिजो सार्वजनिक गरेको प्रतिबेदन अनुसार घटनाका दोषिमाथि कारबाही सिफारिस नभएको हो ।आयोगले प्रतिवेदन तयार पार्ने क्रममा कलैयामा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्न जिल्लाका अधिकांश जनप्रतिनिधिहरुले जिल्लाका विभिन्न स्थानमा सार्वजनिक सम्पति आगजनी र तोडफोड गर्नेहरु पत्ता लगाएर कारबाही गरिनुपर्ने माग गरेका थिए । तर कार्की आयोगको प्रतिवेदनमा आगजनी र तोडफोडमा संलग्नमाथि कारबाही गर्ने बारेमा उल्लेख गरिएको छैन ।

प्रतिवेदनमा बाराबाट प्रतिनिधि सभाका तत्कालिन सदस्य अच्युत मैनाली, किसान श्रेष्ठ, ज्वालाकुमारी साह, जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र साह, कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह, जीतपुरसिमराका प्रमुख राजन पौडेल, निजगढका नगर प्रमुख सुरथ पुरीलगायत जनप्रतिनिधिहरुको भनाईलाई समावेश गरिएको भएपनि उनीहरुको माग अनुसार कारबाही सिफारिस भने नगरिएको हो ।कार्की आयोगको प्रतिवेदनमा उल्लेख गरिएको बाराका जनप्रतिनिधिहरुको भनाईलाई तल प्रस्तुत गरिएको छ ।

कृष्णकुमार श्रेष्ठः (किसान) (विघटित प्रतिनिधि सभा सदस्य) ः
भाद्र २३ मा सहादत प्राप्त (मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र २४ गते घटेका घटनाका दोषीलाई कारबाही होस्। २२ गते म काशी गएको थिएँ । मेरो अनुरोध सुरक्षा निकायलाई २४ गते कुनै बल प्रयोग नगर्न अनुरोध गरे । २४ गते सुरुमा विरोध प्रदर्शन स्वभाविक थियो । तर त्यस पश्चात् घुसपैठ भयो र जितपुर नगरपालिकाको भवन जलाइयो जसमा नगरपालिकाको कर्मचारी समेत संलग्न थिए ।
जेन्जीले आन्दोलन स्थगित गरेपछि करिव ५ बजे केही दलालहरुले उकासेर मेरो घर लगायत गाडी जलाइयो । जलाएपछि त्यहाँ भएका उद्योगधन्दा बन्द गर्न सकिन्छ भन्ने नियत थियो । प्रहरीले जाहेरी दर्ता गर्न मानेको छैन । पत्रकारले लाइटर दिएर घर जलाएको छ । यो सबै पत्रकारलाई भनेको होइन । छिटोभन्दा छिटो हाम्रो मुद्दा दर्ता गरियोस् र दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइयोस् ।
अच्युत मैनाली (विघटित प्रतिनिधिसभा सदस्य) 
म विगत १४ बर्षदेखि सामाजिक सेवामा सक्रिय छु । पेट्रोल किनेर घर जलाइएको छ । यस छानविन आयोगको अध्यक्ष सर्वोच्च अदालतको न्यायाधीश बन्नुपभयो । आयोगको भूमिका निष्पक्ष होस् । निजगढका १३ मध्ये ११ वटा वडा आगो लगाउनु राजनैतिक कारण हो । हाम्रो कामहरु प्रकृयामुखी हुँदा जेन्जीका नाममा सुशासनको मुद्दा लिएर आन्दोलन भयो के सुशासन प्राप्त गर्यो त ?
ज्वाला साह (विघटित प्रतिनिधि सभा सदस्य) 
भदौ २३ गते बच्चाहरुलाई ताकि ताकि गोली हान्ने को हो अहिलेसम्म कारबाही किन भएन । सरकारी र निजी सम्पत्तिमा आगो लगाउने अपराधीलाई कारबाही हुन किन ढिला भएको छः के. पी शर्मा वलीको पासपोर्ट र उपत्यका बाहिर जान रोक्का किन गर्नुप¥यो ? नेपाली काङग्रेस र एमालेको सरकार बन्दा अन्य पक्षले यो अवस्था निम्त्याएको हुन सक्छ । मेरो घर जलाउन लागे भनेर सुरक्षा निकायलाई फोर्स पठाउनुस् भने तर सुरक्षा निकायले टेरेन ।
सशस्त्र प्रहरीले सहयोग गरेन सशस्त्र प्रहरी जनपथमा मर्ज हुनुपर्छ । आयोगले दोषीलाई कारबाही गरेन भने हामी आफैले कारबाही गर्नेवाला छौं । जेन्जीका नाममा बच्चा मारिए देश सही ट्रयाकमा छैन । घटनाको प्रकृति अदृश्य छ । अध्यक्षज्यू यो दवाव तपाइले थेग्न सक्नुहुन्छ कि नाई तुरुन्तै मुद्दा दर्ता गरेर दोषीमाथि कारबाही होस् ।
नरेन्द्र साह (जिल्ला समन्वय समिति अध्यक्ष) ः
आन्दोलनकारीले ७ करोडको भ्रष्टाचारी भनेर करिब ३० लाखको क्षति गरे दोषीलाई कारबाही होस् ।
विनोदप्रसाद साह (प्रमुख, कलैया उ.म.न.पा) 
आयोगका अध्यक्ष कसैको दवावमा नगइकन निष्पक्ष हुनुपर्छ । भदौ २४ गतेको डकैती शैलीमा लुटपाट गर्नेलाई कारबाही गर्न निर्देशन दिनुहोस् । निष्पक्ष रुपमा दोषीलाई कारबाही होस् ।
राजन पौडेल (प्रमुख, जितपुर सिमरा उ.म.न.पा) 
कर छली गर्ने नियतले समेत आगलागी भएको हुनसक्छ । त्यो कोणबाट पनि अनुसन्धान होस् । नेपाल प्रहरीलाई ब्अतष्खभथि काम गर्ने वातावरण बनाउन प्रधानमन्त्री र गृह मन्त्रीलाई भन्नुहोस् । तत्कालीन घटना घटेको समयमा गृह सचिव, मुख्य सचिवको भूमिका के थियो उनीहरुको पनि छानविन होस् ।
सुरथ पुरी (प्रमुख, निजगढ नगरपालिका) 
जेन्जीलाई तडकभडक गराएर आन्दोलनमा ल्याउने तत्व को थियो यिनीहरुलाई अनुसन्धानमा ल्याउनु पर्छ । लोकतान्त्रिक व्यवस्थामा सार्वभौमसत्तामाथि प्रहार भयो । राजनीतिमा लाग्ने मान्छेप्रति किन गलत भाष्य निर्माण गरियो सामाजिक सञ्जालको दुरुपयोग गरी अपराधीकरण गरियो ।
अहिलेको सरकारको भूमिका शंकास्पद देखियो । सुरक्षा निकायले प्रभावकारी रुपमा भूमिका निर्वाह गरेन । दोषीलाई कारबाही होस् ।
अशोक कुमार जैयसवाल (अध्यक्ष, बारागढी गा.पा) 
भदौ २५ गते घरको स्वीच समेत बाँकी नराखी पूर्ण रुपमा ध्वस्त पारियो । जाहेरी दर्ता गर्न प्रहरी मानेको छैन जाहेरी दर्ता गरेर यथाशीघ्र कारबाही होस् ।
जुल्फिकर अली (अध्यक्ष विश्रामपुर गा.पा.) 
अफिसमा गएर तोडफोड र जलाउने काम गर्यो यो पार्टीकै मान्छेले गरेको हो जेन्जीले होइन । दोषीलाई यथाशीघ्र कारवाही होस् ।
अमृत शर्मा बजगाई (नेकपा एमाले बारा सचिव)
जेन्जीको नाममा अरुले आतंक मच्चाएको छ । सामाजिक सञ्जालमा जसले बढी गाली गर्यो उ हाइलाइट हुने खालको परिस्थिति बनेको छ । अब दोषीलाई के कसरी कारवाही हुन्छ आयोगबाट छिटो भन्दा छिटो कारबाही होस् ।
प्रहरीको मनोबल गिरेको छ । २३ गतेको घटना नै शंकास्पद छ । बच्चाको टाउको ताकेर प्रहरीले गोली हानेको हो आयोगको भनाई र गृह मन्त्रीको आदेशमा विरोधाभाष भयो कि सुदन गुरुङको भूमिका के हो आयोगले निष्पक्ष छानबिन गरोस् ।

Leave a Reply