निजगढ,बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा संचालन भइरहेको फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा पानी ट्याङ्की फुटबल क्लब निजगढ–११ रतनपुर विजयी भएको छ । जितसंगै पानी ट्याङ्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।डम्बरपुर फ्याफुल्ला फुटबल क्लबको घरेलु मैदानमा सोमवार भएको खेलमा पानी ट्याङ्की २-० ले विजयी भएको हो ।पानी ट्याङ्कीका लागि संघर्ष मगर र उदित चौधरीले समान एक–एक गोल गरे । उदित चौधरीको गोलमा अग्रता बनाएको पानी ट्याङ्कीको लागि मगरले अग्रता दोब्बर पार्दै जित निश्चित तुल्याएका हुन ।
उपाधि भिडन्तका लागि पानी ट्याङ्कीले असोज ३० गते मंगलवार तपोभूमि र जनजागृति बीच हुने खेलको नतिजा पर्खिनु पर्ने छ ।खेलको म्यान अफ द म्याच पानी ट्याङ्की फुटबल क्लब रतनपुरका आयुष गोले घोषित भएका थिए । गोलेलाई निजगढ– १३ भक्तलालस्थित श्री भगवती आधरभूत विद्यालयका शिक्षक जीवन पाख्रिनले ट्रफी प्रदान गर्नुभएको थियो ।
मंगलबार जनजागृति फुटबल क्लब निजगढ– ५ खोल्मोटोल र तपोभूमि फुटबल क्लब निजगढ– १२ बुङ्गजोरबीच प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव जीवन पाख्िरनले जानकारी दिनुभयो ।

















