निजगढ,चौतारा युवा क्लव र निजगढ नगरपालिका वडा नम्बर ७ वडा कार्यलयको संयुक्त आयोजनामा निजगढ ७ को योजना टोलमा भइरहेको तेस्रो निजगढ नगरस्तरीय भेट्रान्स फुटबल प्रतियोगिताअन्तर्गत सोमवार भएको खेलमा निजगढ भेट्रान्स फुटबल क्लबले चौतारा युवा क्लवलाई ट्राईवेकरमा ३-१ गोल अन्तरले पराजित गरेको छ । जितसंगै निजगढ भेट्रान्स प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।निर्धारित समयसम्म दुबै टोलीले १-१ गोलको बराबरी खेलीपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।खेलको १०औं मिनेटमा मनिष लामाको गोलमा चौतरा युवा क्लवले अग्रता बनाएको थियो । निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा २५औं मिनेटमा निजगढ भेट्रान्सको तर्फबाट गोल फर्काउदै निरदिप जोशीले खेललाई बराबरीमा पु¥याए । ट्राईवेकरमा चौताराको तर्फबाट भिम लामाको प्रहार निजगढ भेट्रान्सका गोलरक्षक विकास लामाले बचाउ गरेका थिए ।निजगढ भेट्रान्सका तीन वटै प्रहार गोलमा परिणत भएको थियो ।खेलको म्यान अफ दि म्याच बन्न सफल निजगढ भेट्रान्सका गोलरक्षक विकास लामालाई समाजसेवी विभामाया पुलामीले ट्रफी प्रदान गर्नुभएको थियो ।