सिमरा, नेकपा एमाले मधेस प्रदेश कमिटीको प्रथम अधिवेशनमा १ जना सचिव र २९ जना सदस्य निर्वाचित भएका हुन ।
प्रदेश कमिटीको सचिवमा मनोज पौडेल निर्वाचित हुनुभएको हो । पौडेल यसअघि मधेस प्रदेश कमिटीको सदस्य र मधेस प्रदेशको युवा तथा खेलकुद विभागको प्रमुख हुनुहुन्थ्यो । बारा जिल्लामा उहाँले प्रचार विभागको जिम्मेवारीमा रहेर समेत काम गरिसक्नुभएको छ ।मधेस प्रदेश कमिटीमा बाराले सचिव पाएको दोस्रो पटक हो । यसअघि जीतपुरसिमराको नगर प्रमुख रहँदा डा. कृष्ण पौडेललाई प्रदेश कमिटीको सचिव पदको जिम्मेवारी दिइएको थियो ।बाराबाट सचिवसंगै अन्य २९ जना सदस्य निर्वाचित भएका छन् । खुल्लातर्फ प्रदेश कमिटी सदस्यमा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, मधेस प्रदेशसभा सदस्य रवीन्द्रदास श्रेष्ठ, पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह जैसवार, निजगढ नगरपालिकाकी पूर्वनगर उपप्रमुख लिलादेवी लामिछाने, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष ताराबहादुर कार्की, उमेशप्रसाद साह (गुप्ता), धर्मदेवप्रसाद यादव, किशोर शर्मा, ढुण्डीराज उप्रेती, सुदर्शनप्रसाद कोईराला, अम्बिका चौलागाईं, राजेशप्रसाद साह र सुनिल पाल निर्वाचित भएका छन् ।खुल्ला सदस्य महिलामा सीता सुवेदी, बन्दना सिंह, झमककुमारी खत्री (केसी), दुर्गाकुमारी घिमिरे कोइराला र जीतपुरसिमराकी पूर्वकार्यपालिका सदस्य सुभद्रा लम्साल न्यौपाने चयन भएका छन् ।अधिवेशनले जनजाति खुल्लातर्फ मधेस प्रदेशसभा सदस्य त्रिलोकीप्रसाद चौधरी, महिलामा पूर्वमधेस प्रदेशसभा सदस्य सीता गुरुङ, दलित खुल्लामा पूर्वमधेस प्रदेशसभा सदस्य सुन्दर विक र रामनाथ बैठालाई चयन गरेको छ भने दलित महिलामा अञ्जु नेपाली चयन हुनुभएको छ ।यसैगरी मुस्लिम खुल्लामा महम्मद रफिक मिया र राजमहम्मद राय चयन भएका छन् भने मुस्लिम महिलामा कलैया उपमहानगरपालिकाकी नगर उपप्रमुख रौशन परविन चयन हुनुभएको छ ।
युवातर्फबाट भने प्रदेश कमिटी सदस्यमा मोबिन आलम र अशोककुमार तिवारी निर्वाचित भएका छन् । तिवारी कलैया उपमहानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष हुनुहुन्छ । युवा महिलाबाट भने जीतपुरसिमरा वडा नम्बर १४ की वडाध्यक्ष चयन गुरुङ्ग निर्वाचित हुनुभएको हो ।सम्पन्न भएको छ । असोज २४ गतेदेखि सुरु भएको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्घाटन गरिएको अधिवेशनले सिरहाका चण्डेश्वर मण्डलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । कमिटीको उपाध्यक्षमा पर्साका विचारी यादव, उपसचिवमा रौतहटकी आरती भण्डारी र महम्मद कैस चयन भएका छन् ।पदाधिकारीमा दोस्रो पटक जिम्मेवारी पाउने भण्डारी मात्रै हुनुहुन्छ । उहाँ यसअघिको कमिटीमा पनि उपसचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।यसैबीच नेकपा एमाले मधेस प्रदेश कमिटी पदाधिकारीहरुको प्रथम बैठक आइतवार जनकपुरधामा सम्पन्न भएको छ ।मधेस प्रदेश कमिटीको प्रथम अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुको प्रदेश पार्टी कार्यालयमा पहिलो बैठक सम्पन्न भएको हो । अध्यक्ष चन्देस्वर मण्डलको अध्यक्षतामा बसेको बैठकमा मधेस प्रदेश इन्चार्ज .योगेश भट्टराई, केन्द्रीय कमिटी सचिव रघुवीर महासेठलगायत पोलिटब्युरो र केन्द्रीय सदस्यहरुको विशेष उपस्थित रहेको थियो ।बैठकले प्रथम मधेस प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि सहयोग गर्ने पार्टीका नेता, कार्यकर्ता, समर्थक सुभचिन्तक तथा सहयोगीहरुप्रति आभार तथा धन्यवाद व्यक्त गरेको छ ।
यस्तै बिजया दशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा मधेश प्रदेशका सबै पालिका कमिटीहरुले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।त्यसैगरी बैठकले यसअघि तय गरिएको जिल्ला अधिवेशनको तयारीमा जुटन पनि सम्बन्धित कमिटीहरुलाई निर्देशन दिने निर्णय गरेको छ । एमालेले महोत्तरीको जिल्ला अधिवेशन मंसिर ७ र ८, रौतहटको जिल्ला अधिवेशन मंसिर ९ र १० गते र पर्साको जिल्ला अधिवेशन मंसिर ११ र १२ गते आयोजना गर्ने निर्णय गरेको थियो ।बैठकले प्रदेश कमिटीका अध्यक्ष मण्डलसहित उपाध्यक्ष विचारीप्रसाद यादव, सचिव मनोज पौडेल, उपसचिवहरु आरती भण्डारि र मोहमद कैस रहेको कार्यालय पनि गठन गरेको छ ।नव निर्वाचित प्रदेश कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्यक्रम बिजया दशमी लगतै आयोजना गर्ने निर्णय पनि गरेको छ ।त्यसैगरी बैठकले कमिटीका निवर्तमान सचिव डा.कृष्ण पौडेलको निधनले पार्टीलाई अपुरणीय क्षति भएको निष्कर्ष निकाल्दै पौडेलप्रति हार्दिक श्रदान्जली व्यक्त गरेको एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेलले जनाउनुभएको छ ।



















