निजगढ,निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले चाड पर्वको समयमा अवाञ्छित क्रियाकलाप बढनसक्ने भएकोले सुरक्षा सर्तकता बढाउनुपर्ने बताउनुभएको छ ।विजया दशमी, दिपावली, छठ पर्व तथा नेपाल संम्वतको अवसरमा आइतवार निजगढ नगरपालिकाले आयोजना गरेको चियापान तथा शान्ति सुरक्षा लक्षित अन्तक्र्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले सो कुरा बताउनुभएको हो ।‘चाडपर्वको समयमा अन्य समयमा भन्दा अवाञ्छित गतिविधि बढने शंभावना बढी हुन्छ, नगर प्रमुख पुरीले भन्नुभयो, यसको लागि सुरक्षाकर्मीहरुसंगै सर्वसाधारणले पनि जिम्मेवारीपूर्वक काम गर्नुपर्छ ।’ नगरप्रमुख पुरीले तडकभडक नगरी सभ्य र भव्य तरिकाले चाडपर्व मनाउनुपर्ने पनि बताउनुभयो । उहाँले आर्थिक मन्दीको मारमा सबै क्षेत्र परेको समयमा मितव्ययी बनेर चाडबाड मनाउनु पर्ने पनि बताउनुभयो ।नेकपा एमालेका नेता एवम प्रदेश सभासद त्रिलोकी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेता चौधरीले चाडबाडमा हुने सुरक्षा चुनौतिको समाधानका लागि स्रोत खोज्नुपर्ने बताउनुभयो ।कार्यक्रममा मधेस प्रदेश सभा सदस्य मिना लामाले औषधीय गुण भएको गाँजा खेती गर्न किसानलाई छुट दिनसके गरिव जनताको आय स्तरमाथि उठ्ने बताउनुभयो ।कार्यक्रममा उपप्रमुख सोममाया थिङ, पूर्वनगर प्रमुख सुरेश खनाल, पूर्वउपप्रमुख लिलादेवी लामिछाने खनाल, विभिन्न पार्टीका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, उद्योगी र स्थानीयहरु लगायतले चाडबाडमा सुरक्षित हुन र खानपानमा सचेतता अपनाउन आग्रह गर्नुभएको थियो ।कार्यक्रममा निजगढस्थित राजमार्ग क्षेत्रमा जडान गरिएका सिसिटिभी सञ्चालन गर्न वक्ताहरुले माग गरेका थिए ।नगरप्रमुख पुरीको अध्यक्षतामा भएको कार्यक्रममा निजगढस्थित सुरक्षा निकायका प्रमुख र सर्वसाधारणको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here