नेपालले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेको छ । संघीयतामा देश प्रवेश गरेको पनि लामो समय भएको छैन । संघीयताको अभ्यास गरिरहेकै अवस्थामा यसका विषयमा पनि बहस भइरहेको छ । यद्यपि यसको पक्ष र विपक्षमा अहिले नै खुला बहस गर्ने बेला भइसकेको भने छैन । बिश्वमा कयौं वर्ष संघीयताको अभ्यास गरिसकेका देशहरु समेत धेरै कुरा सिकिरहेको बताउने गरेका छन् भने नेपालको विषयमा अहिले नै बहस गर्ने बेला आएको छैन ।
तर, राजनीतिक दलहरुको अर्कमण्यताका कारण भने संघीयताका विषयमा बहसको वातावरण सृजना भएको छ ।
नेपालको कोशी प्रदेशको अवस्था पनि यस्तै छ । एक महिनाको अवधिमा कम्तीमा तीनवटा सरकार गठन भएपछि पनि नेपालमा संघीयता आवश्यक छैन भन्नेहरुका लागि बल पुगेको हो । सत्ता पक्षका दलहरुले शनिवार त हालका लागि मुख्यमन्त्रीको समस्या समाधान गर्दै गठबन्धनका साझा उम्मेदवार उठाएका छन् । तत्काल मध्यावधिको संकटबाट कोशी बचेको छ तैपनि खतराहरु भने जारी नै छ । कोशीमा  हालका सकिएको संकट फेरि नदोहोरिएला भन्न सकिन्न । त्यसैले पनि कोशीको जस्तो समस्या अन्त आउन पनि दिनहुन्न । त्यसो त फेरि कोशीमा समस्या नआउला भन्न पनि सकिन्न्न ।
त्यसैले यस्ता समस्याहरुको स्थायी समाधानका लागि दलहरुले स्पष्ट नीत बनाइ संघीयतालाई बलियो बनाउनु पर्दछ नत्र संघीयता विरोधीहरुले चलखेल यही विषयमा गर्ने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here