शिक्षामन्त्री सुमना श्रेष्ठको कुरा सुन्ने हो भने नेपालको शिक्षा क्षेत्रमा अहिले कुनै समस्या छैन । अहिलेको सरकारले विगतमा भएकाभन्दा पनि राम्रा कामहरु गरेको उहाँको दाबी छ । त्यसो त अहिले केही सुधार पनि भएको छ, केही नभएको पनि होइन तर जसरी हुनुपर्ने थियो त्यसरी भएको भने छैन ।

बारा जिल्लाको कुरा गर्ने हो भने पनि समस्या देखिएको छ । वास्तवमा यो समस्या बाराको जस्तो मात्र देखिए पनि यो देशभरको समस्या हो । हरेक पालिकामा यो समस्या छ । विशेषगरी शिक्षकहरुको पदास्थापनाको सवालमा समस्या नभएको पालिका निकै कम छन । शिक्षक सेवा उत्तिर्ण गरेर पालिकामा आएका शिक्षकहरुलाई मिलाउन सकस भएको हो ।
त्यसो त अधिकांश शिक्षकहरुले घर पायक र आफू अनुकुलको विद्यालय रोज्दा पनि समस्या देखिएको छ । अझै शिक्षकहरुको पदास्थापनामा ब्यापक राजनीति समेत हुने गरेको पाइन्छ । त्यसैगरी रमकको समेत चलखेल हुने गरेको कुरा त बेला बेलामा छरपष्ट भइ नै रहेका छन् ।तराई मधेसको सवालमा त यो एक रोग नै बनेको छ । त्यसैले पनि शिक्षकलाई काममा पठाउनमा समस्या देखिएको हो, सकस देखिएको हो ।

बाराको निजगढमा रहेको एउटा विद्यालयको पठनपाठन यसैका कारण पनि अझै सुचारु हुन सकेको छैन । विद्यालयमा पढाइ नै प्रभावित हुने गरी शिक्षक व्यवस्थापनमा समस्या कसरी भयो, यसको पनि समीक्षा हुन आवश्यक छ । कुनै पनि अवस्थामा पढाइ प्रभावित हुनुहुदैन तर भइरहेको छ । यस्तो किन भयो, यो विषयमा स्थानीय सरकार र शिक्षा समन्वयले तत्काल चासो दिएर विद्यार्थीहरुको पढ्न पाउने अधिकार सुनिश्चित गराउनु पर्दछ ।

Leave a Reply