निजगढ,निजगढ नगरपालिका– १३ डम्बरपुरमा जारी फ्याफुल्ला नकाउट फुटबल प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा सहमति फुटबल क्लब निजगढ– १२ रामथली विजयी भएको छ ।सहमतिले सपुज गण आधाभार विभागीय आर्मी टोलीलाई १÷० ले पराजित गरेको हो । जितसंगै सहमति प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।सहमतिले अन्तिम दुईको लागि अब रतनपुर पानीट्याङ्की फुटबल क्लबसंग प्रतिस्पर्धा गर्ने छ । खेलको अन्तिम १ मिनेट बाँकी रहँदा साफ यु–१९ च्याम्पियनसिपमा नेपालको राष्ट्रिय टोलका खेलाडी समीर तामाङ्गले गरेको गोल नै सहमतिको जितमा निर्णयक बनेको थियो ।खेलको म्यान अफ द म्याच सहमतिका समीर तामाङ्गले घोषित भएका थिए । तामाङ्गलाई फ्याफुल्ला फुटबल क्लबका अध्यक्ष दिलिप लामाले ट्रफी प्रदान गर्नुभएको थियो ।त्यस्तै आइतवार दिनको ३ बजे हुने खेलमा ग्रामिण विकास निजगढ– १२ कोलगाउँ र न्यू जनजागृती निजगढ– ५ खोल्माटोल बीच प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव जीवन पाख्रीनले जानकारी दिनुभएको छ ।



















