रौतहट
। नेकपा एकिकृत समाजवादी पार्टी केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले आसन्न निर्वाचनको परिणाम पश्चात विरोधीहरुको मुख बन्द हुने दाबी गर्नुभएको छ ।
रौतहटको गढीमाई नगरपालिका धर्मपुरमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष नेपालले उक्त दाबी गर्नुभएको हो ।
अध्यक्ष नेपालले विभिन्न राजनीतिक दलका नेताहरुले विरोधका कुरा मात्रै गर्ने भएकाले आसन्न निर्वाचनको क्रममा आउने मत परिणामले विरोधीहरुको मुख कालो हुने जिकिर गर्नुभएको छ । विरोधीले मात्र विरोधका कुरा गर्छन, हामीले काम गरेर देखाएपछी मुखमा ताला लाग्दैन भन्दै उंहाले ठट्टा गर्दे जिकिर गर्नुभयो ।
पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आफुले विगतमा सरकारमा बसेर गरेको काम कारबाही प्रति कसैको चित्त दुखेको होला तर आफु रौतहटका जनतालाई जानीजानी कुनै प्रकारको चोट पुरयाउने कार्य नगरेको स्पष्ट गर्नुहुंदै पटक पटक भएको आफ्नो सरकारकै पालामा जिल्लामा विकास निमार्णको क्रान्ति आएको चर्चा गर्नुभयो ।
एकिकृत समाजवादी पार्टी जनताको सेवामा रहेकोले सबैले सहयोग गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता भएको बताउनुहुंदै अध्यक्ष नेपालले आफ्नो पार्टीमा नेता कोही नभई जनताहरुनै नेता भएको बताउनुभयो । देशको राजनीतिलाई सहि दिशामा लैजान अहिलेको मुख्य दलनै एकिकृत समाजवादी पार्टी रहेको चर्चा गर्नुहुंदै आसन्न निर्वाचन पश्चात पार्टीले युवा, कृषक, सिचाई, शहरीकरण, लगायत विभिन्न योजनाको साथ अगाडी बढने विश्वास दिनुभयो ।
रौतहटका भूमिले कुशल प्रशासन, सुरक्षा निकाय, शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र, लगायत प्रधानमन्त्री देखी लिएर राजनीतिक पदको महत्वपूर्ण स्थान पाएको भएपनी जनताहरुले समझदारीका साथ मतदान गर्न समेत अध्यक्ष नेपालले आग्रह गर्नुभयो ।
यसैगरी रौतहटको गरुडा नगरपालिका १ जयनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष नेपालले आसन्न निर्वाचनले देशको अधिकांश क्षेत्रमा अन्यौल हट्ने विश्वास व्यक्त गर्नुभएको छ । उंहाले मुलुक निर्वाचन उन्मुख भईसकेको अवस्था तथा दलहरु चुनावी मैदानमा उर्लेर तयारी गर्दे आएको बेला धेरै राजनीति दलहरुको हैसियत पत्ता लाग्ने स्पष्ट गर्नुभयो ।


















