पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को डकाह खेल मैदानमा जारी वडा अध्यक्ष गोल्ड कप २०८० को दोस्रो दिनको खेलमा मौवादेवी युवा क्लब बडहर्वाले जितेको छ । बडहर्वाले फ्रेन्स युवा क्लब बकुलियालाई ट्राईबेकरमा जितेको हो ।निर्धारित ७० मिनटको खेलमा दुबै टिमबाट एकएक गोल भएपछि खेल ट्रईबेकरमा धकेलिएको थियो । ट्रईबेकरमा बडहर्वाले ४- २ ले जितेको हो । जितसँगै मौवादेवी यूवा क्लब बडहर्वा प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।पहिलो हाफको ३०औं मिनेटमा मौवादेवीका अविसान महत्तोले पहिलो गोल गर्दै टिमलाई अग्रता दिएका थिए । तर शुरुवाति अग्रतालाई मौवादेवीले जोगाउन सकेन । दोस्रो हाफको १३औं मिनटमा फ्रेन्स यूवा क्लब बकुलियाका सुशिल चौधरी गोल गरेसँगै खेल बराबरी भएको थियो ।दुबै टिमका खेलाडीले पटकपटक पाएको अवसरलाई सदुपयोग गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो । खेलमा मौवादेवी युवा क्लबका गोल रक्षक यूनेश चौधरी प्यान अफ दि म्याच घोषित भए । उनलाई आयोजक मित्र युवा क्लबका प्रतियोगिता संयोजक मोहनबहादुर आलेले पुरस्कार प्रदान गरे ।
बुधबारको खेल वीरगञ्जं सिटी क्लब वीरगञ्जं र ओझेल युवा क्लब टाँगियाबस्तीका बीचमा दिउँसो ३ बजेबाट शुरु हुने आयोजकले जनाएको छ ।प्रतियोगितामा पहिलो हुने टिमले ५० र दोस्रो हुनेले २५ नगदसहित ट्रफी प्राप्त गर्ने छन् । खेल कार्तिक ३ गतेसम्म चल्ने छ ।



















