निजगढ,बाराको निजगढ नगरपालिका वडा नम्बर १३ स्थित डम्बरपुरमा जारी फ्याफुल्ला फुटबल प्रतियोगितामा सहमति फुटबल क्लब निजगढ वडा नम्बर १२ रामथली क्वाटरफाइनलमा प्रवेश गरेको छ ।मंगलवार भएको खेलमा योङ्ग स्टार फुटबल क्लब निजगढ वडा नम्बर १० लाललाई ५-३ गोलको अन्तरले हराउदै सहमति फुटबल क्लब प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।निर्धारित समयभित्र दुवै टोलीले गोलरहित बराबरी खलेका थिए । रोचक र प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि ट्राईब्रेकरबाट निर्णय लिइएको थियो ।ट्राईब्रेकरमा सहमति फुटबल क्लब रामथलीले योङ्ग स्टार फुटबल क्लबलाई स्तब्ध बनाएको हो ।जितसंगै सहमति फुटबल क्लब रामथलीले क्वाटरफाईनलको यात्रा तय गरेको छ । यसअघि सपुज गण आधाभार विभागीया आर्मी टोलीले क्वाटर फाईनलको यात्रा पुरा गरिसकेको छ भने सहमतिले सेमिफाइनलको लागि सपुज गण आधाभारसंगको भेट पक्का गरेको छ ।खेलको म्यान अफ द म्याच योङ्ग स्टार फुटबल क्लबका खेलाडी सुजन गुरुङ्ग घोषित भएका थिए । गुरुङ्गलाई आयोजक क्लबका सदस्य सुरेश थिङ्गले ट्रफी प्रदान गर्नुभएको थियो ।खेलमा मुख्य रेफ्रीको रुपमा अजय माझी थिए भने सहायक रेफ्रीको रुपमा सियाराम कुमर र रामकृष्ण गुरोको भुमिका थियो । त्यस्तै बुधबार सिद्धबाबा फुटबल क्लब आमलेखगंज र न्यु जनजागृति फुटबल क्लब निजगढ ५ बीच दिनको ३ बजे प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here