एजेन्सी – इङ्ल्यान्डको युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाईब्रेकरमा ५-४ ले हराउँदै इङ्ल्यान्डको सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समय पनि १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटले निर्धारण भएको थियो ।

शूटआउटमा स्विट्जरल्यान्डका मानुएल आकान्जीको प्रहार इङ्ल्यान्डको गोलरक्षक जोर्डन पिकफोर्डले बचाएका थिए । अन्य सबै स्विस खेलाडीले भने आफ्नो पेनाल्टीमा सफल प्रहार गरे । इङ्ल्यान्डका कुनै खेलाडीले पनि गल्ती गरेनन् ।

त्यसअघि निर्धारित समस्याको ७५औं मिनेटमा ब्रिल एम्बोलोले स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । रुबेन भार्गासको क्रस इंग्लिश डिफेन्डर जोन स्टोन्सले क्लियर गर्न नसकेपछि फार पोस्टमा एम्बोलोले सहजै गोल गर्न सफल रहेका थिए ।

८०औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल गर्यो । डेकलान राइसको पास लिएर बक्स बाहिरबाट बुकायो साकाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

इङ्ल्यान्डले अब सेमिफाइनलमा नेदरल्याण्ड्स र टर्की बीचको खेलको विजेता विरुद्ध खेल्नेछ । सो खेल आज राती १२:४५ बजे हुनेछ ।

अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने पक्का भइसकेको छ ।

Leave a Reply