हेटौंडा,मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरको आयोजनामा र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ को सहयोगमा हेटौंडा १७ का एकल महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मखमल तथा ढाकाको जुत्ता चप्पल बनाउने तालिम सम्पन्न भएको छ । सातदिने उक्त तालिमको उद्घाटन भने सोही वडाका वडा अध्यक्ष उद्धव सत्यालले गर्नुु भएको थियो । उहाले कार्यक्रममा बोल्दै यो सीप सिकेर ब्यवहारमा उतार्न महिलाहरुलाई आग्रह गर्नुभयो । मानव अधिकारका लागि महिला एकल महिला समूह हेटौंडा १७ की अध्यक्ष निर्मला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य उर्मिला चुनारा,रेडक्रसका जिल्ला सदस्य कृष्णबहादुर सापकोटा लगायतको उपस्थिति थियो । शारदा चौलागाइले संचालन गर्नु भएको कार्यक्रममा मानव अधिकारका लागि महिला एकल महिला समूहका जिल्ला सदस्य कल्पना आचार्य,प्रदेश अधिकृत अप्सरा अर्याल लगायत पनि सहभागी थिए । तालिममा १० जना महिलाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply