निजगढ,काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ स्थित सिमलीगाउँमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले निजगढका १ जनासहित सात जनालाई नियन्त्रणमा नियन्त्रणमा लिएको छ ।आइतवार दिउँसो करिब ४ बजे विशेष सूचनाको आधारमा प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले सिमलीगाउँको जस्ताको टहरामा जुवा खेलिरहेका व्यक्तिहरूलाई पक्राउ गरेको हो । प्रहरीले उक्त स्थानबाट जुवा खेल्दा प्रयोग गरिएको तास र नगद रु ५० हजार ३ सय ३० रुपैयाँ समेत बरामद गरेको जनाएको छ ।

पक्राउ परेकाहरूमा बारा निजगढ नगरपालिका– ७ घर भई हाल बुढानीलकण्ठ– १ सिमलीगाउँमा बसोबास गर्दै आएका ५४ वर्षीय लिला मगर, नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भई हाल देउवा चोक बस्ने २४ वर्षीय समीर तामाङ, बुढानीलकण्ठ– ३ मुहानपोखरीका ५८ वर्षीय राम बहादुर पौडेल, बुढानीलकण्ठ– ६ हात्तीगौडाका ४४ वर्षीय राजेश महर्जन, रामेछाप मन्थली नगरपालिका– ६ घर भई हाल सिमलीगाउँ बस्ने ३९ वर्षीय श्याम तामाङ, नुवाकोट शिवपुरी– ४ घर भई हाल मुहानपोखरी बस्ने ३० वर्षीय राम तामाङ र मुहानपोखरीकी ४२ वर्षीया सुनिता गुरुङ रहेका छन् ।प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सबैलाई आवश्यक अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply