वीरगञ्ज,मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पोखरिया अस्पतालको अनुगमन गर्नुभएको छ ।पर्साको दोश्रो ठूलो शहर पोखरियामा रहेको प्रादेशिक अस्पतालको मुख्यमन्त्री सिंहले आइतवार अनुगमन गर्नुभएको हो ।पोखरियाको स्वास्थ्य, शिक्षा लगायतको सुधारको माग गर्दै निरन्तर धर्ना बस्ने र नगरपालिकालाई ज्ञापनपत्र समेत बुझाउने काम भएपछि मुख्यमन्त्री सिंहले आइतवार अनुगमन गर्नुभएको हो ।
अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले अस्पतालमा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिएको राष्ट्रिय मुक्तिक्रान्ति अभियानका केन्द्रीय सदस्य नेजामुद्दीन समानीले बताउनुभयो ।मुख्यमन्त्री सिंहले आफूहरुले राखेको मागको सम्बन्धमा ध्यानकर्षण भएको र पर्सा आउँदा पोखरिया अस्पतालको अनुगमन गर्ने आश्वासन पाए अनुसार आइतवार अनुगमन गरेको बताउनुभयो ।मुख्यमन्त्री सिंहले पोखरिया अस्पतालको अवस्थाको बारेमा अनुगमन गरेपछि सोमवार हुने प्रदेश मन्त्री परिषदको बैठकबाट केही निर्णहरु गर्ने अपेक्षा गरिएको नेता समानीले बताउनुभयो ।



















