सिमरा,नेकपा एमाले मधेस प्रदेशअन्तर्गत रहेको युवा तथा खेलकुद विभागले युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्न तीनै तहका सरकारसंग माग गरेको छ ।विभागका प्रमुख मनोज पौडेलको अध्यक्षतामा बसेको बैठकले युवालाई केन्द्रीत गरेर रोजगारमुलक कार्यक्रम ल्याउन सरकारसंग माग गरेको हो । युवा विदेशिने क्रम बढ्दो अवस्थामा रहेको भन्दै विभागले तत्कालै सरकारले युवाका लागि ठोस योजना ल्याउन आग्रह गरेको छ ।विभागको बैठकले युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिन माग गर्दै एमाले मधेस प्रदेशका अध्यक्षलाई समेत ध्यानाकर्षण गराएको छ । विभागका अध्यक्ष पौडेलसहितको टोलीले एमाले मधेसका अध्यक्ष रामअवतार यादवलाई बैठकको निर्णयसहित ध्यानाकर्षण गराएको हो ।बैठकले युवा विदेशिने क्रमलाई निरुत्साहित गर्ने कार्यक्रम ल्याउनुपर्ने, हरेक पालिकाले युवाहरुको रोजगारीको लागि ठोस योजना बनाएर कार्यान्वयन गर्नुपर्ने, कृषि तथा पशुपालनको लागि विशेष प्याकेज सहित अनुदान उपलब्ध गराएर युवालाई उत्पादनसंंग जोडनुपर्ने, पालिकाले सीपमुलक तालिम सन्चालन गर्नुपर्ने, युवालाई प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप उपलब्ध गराएर उद्यम व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने जस्ता निर्णय गरेको हो ।त्यसैगरी प्रदेश सरकारले युवामैत्री उद्यमशीलतासम्बन्धी परामर्श सेवा प्रदान गर्र्न, वैदेशिक अध्ययन तथा रोजगारीबाट सिकेका ज्ञान, सीप, प्रविधि, पुँजी र अनुभवलाई देशमै उत्पादनमूलक क्षेत्रमा लगाउने वातावरण सिर्जना गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाबाट युवालाई उद्यम तथा व्यवसाय सञ्चालनका लागि बिनाधितो सरल र सहज रूपमा कर्जा, खेलकुद क्षेत्रको विकासका लागि कुल बजेटको १० प्रतिशत बिनियोजन गर्न र प्रत्येक पालिकामा एउटा स्पोर्ट्स एकेडेमी, एक खेल मैदान वा रंगशाला तथा एक कभर्डहल निर्माणको योजना तयार पारेर कार्यान्वय गर्न पनि माग गरिएको छ ।

Leave a Reply