सिमरा,नेकपा (एमाले) जीतपुरसिमरा नगर कमिटीको दोस्रो नगर अधिवेशन बिहीवारबाट शुरु हुनलागेको छ ।
अधिवेशनबाट नगर कमिटीको नेतृत्व हात पार्न नेताहरुले दौडधुप शुरु गरेका छन । अधिवेशनले आगामी ५ वर्षको लागि १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव, २ जना उपसचिव र अन्य सदस्यहरु रहने गरी ८५ सदस्यीय नयाँ कमिटी चयन गर्नेछ ।

अध्यक्ष पदका लागि आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका भएपनि वर्तमान नगर कमिटीका सचिव रत्न उप्रेती र उपसचिव त्रिलोक बिक्रम शाही ठकुरी सबैभन्दा बढी चर्चामा छन । यस्तै नगर कमिटीमा नरहेका तर पार्टीमा सक्रिय अमृतलाल श्रेष्ठ र हिरा बस्नेतको नाम पनि चर्चामा छ ।अनुभव र बरियता क्रमको रुपमा उप्रेतीलाई नगरको आगामी नेतृत्व दिनुपर्ने केही प्रतिनधिहरुको धारणा छ । उपसचिव ठकुरीको पक्षमा पनि माहोल उस्तै देखिएको छ । पार्टीमा प्रखर छवि बनाउनुभएका ठकुरी सर्वसाधारणमा समेत लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ ।

यसैगरी पार्टीका ब्याकफोर्सका रुपमा काम गरिरहनुभएका श्रेष्ठलाई पार्टीप्रति प्रतिबद्ध र त्यागी नेताको रुपमा कार्यकर्ताहरुले लिनेगरेका छन । उहाँले मुख्य नेतृत्व पाउँदा पार्टीको हित हुने कार्यकर्ताहरुको भनाई छ ।
यस्तै अध्यक्ष पदका अर्का आकांक्षी बस्नेत पार्टीमा यूवाहरुको प्रतिनिधित्व, परिचालन र व्यवसायिक दक्षता भएका अनुभवी यूवा हुन्ुनुहुन्छ ।यसअघि २०७८ चैत्र १२ मा भएको पहिलो अधिवेशनबाट नगर कमिटीको नेतृत्व भोलाप्रसाद अधिकारीले पाउनुभएको थियो । अधिवेशनबाट निर्वाचित नगर अध्यक्ष अधिकारी जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुखमा निर्वाचित भएपछि यसपटक भने उहाँले अध्यक्ष पदमा आकंक्षा देखाउनुभएको छैन ।

यसैक्रममा नगर अधिवेशनको मिति तयगरि अन्तिम तयारी भइरहेको जनाइएको छ । सिमरामा आयोजना हुने कार्यक्रममा सहभागी हुने प्रतिनीधिहरुको छनौट मंगलवार सकिएको थियो ।अधिवेशनमा वडा, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि र आयोजक कमिटीका गरि ३ सय ४८ जना सहभागी हुनेछन ।एमाले स्थायी कमिटी सदस्य एवंम मधेश प्रदेश ईन्चार्ज लिलानाथ श्रेष्ठले सिमरास्थित रोयल पार्टी प्यालेसमा अपराहन्न अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको एमाले नगर कमिटीका सचिव रत्न उप्रेतीले जानकारी दिनुभयो ।

Leave a Reply