हेटौंडा – कोरोना भाइरस (कोभिड १९) को त्रास वढेसंगै सरकारले लकडाउन गरेपछी हेटौंडामा खाद्यान्नमा बढी मुल्यमा बिक्री गरिदै आएको छ । लकडाउनको मौका छोपेर खाद्यान्नको थोक तथा खुद्रा पसलहरुले आम उपभोक्तालाई चामल, दाल लगायतका खाद्ययान्नका सामान वढी मुल्यमा बिक्री गरिएको पाइएको हो । बढी मुल्यमा सामान बिक्री निरन्तर गर्दा पनि यसअघि मकवानपुर प्रशासन चुप लागेर वसेको थियो ।
कम तौलको चामल बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सम्मिलित बजार अनुगमन टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. २ प्रभाकरपथमा रहेको मणि खाद्यन्न सेन्टरको एउटा वटा गोदाममा सिल गरेको छ । मकवानपुरको हेटौंडा संगै गाउँ गाउँका पसलमा कम तौलका चामलका बोरा संगै महगो मुल्यमा खाद्यान्नका सामान बिक्री गरेको उपभोक्ताले गुनासो गरेका छन् ।
हेटौंडाका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सोमकान्त रिजाल, घरेलु कार्यालय हेटौंडाका प्रमुख जगनाथ दाहाल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपाने, उपभोक्ता हीत संरक्षण मञ्चका अध्यक्ष बासु खतिवडालगायतका टोलीले सो सेन्टरमा सिल लगाएको हो । जगत ब्राण्डको २५ केजीको चामलको बोरा जोखेर हेर्दा सो बोरामा आधा किलोसम्म तौल कम भएको पाइएको थियो । अनुगमन टोलीले ६ वटा बोरामा नमूना तौल गरेको थियो । ६ वटै बोरामा आधा किलोसम्म तौल कम भेटिएकाले टोलीले शिल लगाएको उपभोक्ता हित संरक्षण मन्च मकवानपुरका अध्यक्ष बासु प्रसाद खतिवडाले वताउनुभयो ।
तौल कम भेटिएपछि सो सेन्टरमा सिल गर्ने तयारी अनुगमन समितिको थियो । तर, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले पसलमा शिल गरेको एक घण्टा सम्म पनि आफुलाई जानकारी नआएको भनेर टार्न खोज्नु भएको छ । मकवानपुर उद्योग बाणिज्य संघका सचिव समेत रहेका सो सेन्टरका संचालक काब्यमणि अधिकारीले मुसाले बोरा खाएपछि पुनः सिलाई गरिएको बयान टोलीलाई दिएका थिए । मकवानपुरका सीडीओ नेपालले नै सिल लगाउन रोकेपछि अनुगमन टोली निरीह भयो, तै पनि ५ वटा गोदाम मध्ये एउटा गोदाममा सिल गरियो ।