काठमाण्डौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गर्नुभएको छ ।एक वर्षपछि मंगलवारदेखि सुरु हुनलागेको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न देउवाले प्रस्ताव गर्नुभएको नेता सशांक कोइरालाले जानकारी दिनुभयो । बैठकका एजेन्डाबारे छलफल गर्न देउवाले सोमवार पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाउनुभएको थियो ।पदाधिकारी बैठकमा बैठक कसरी प्रत्यक्ष प्रसारण गर्ने भन्ने विषयमा लामो छलफल चलेको कोइरालाले बताउनुभयो । बैठक प्रत्यक्ष प्रशारण गर्दा नेताहरूले मनबाटै बोल्दैनन् कि भन्ने कोणबाट पनि छलफल भएको पनि उहाँको भनाइ छ ।यसैबीच नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ । पार्टी सभापति देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको हो ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले पहिलो एजेन्डाको रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने बताउनुभयो । त्यसैगरी साङ्गठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने उहाँले जानकारी दिनुभयो । उहाँले कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुने उल्लेख गर्नुभयो ।केन्द्रिय समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि रहेको छ । अरू एजेन्डाहरूमा पार्टीले प्रतिनिधि सभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेको छ ।केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको महामन्त्री शर्माले बताउनुभयो । कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ ।इमा रंगशाला परिसरमा ७५ थान फूल र फल प्रजातिका बिरुवा रोपिएको हो । वृक्षारोपण कार्यक्रममा स्थानीयबासिन्दा र युवाहरुको सहभागिता रहेको थियो । हरित रंगशाला निर्माण अभियान अन्तर्गत वृक्षारोपण गरिएको स्थानीय समाजसेवी बबिन पौडेलले बताउनुभयो ।जनआन्दोलन २०६३÷०६४ का सहिद हिरालाल गौतमको नाममा नामाकरण गरिएको सो रंगशाला करिव १५ हेक्टर क्षेत्रमा फैलिएको छ । रंगशालामा स्थानीयस्तरमा संचालन हुने फुटबल प्रतियोगिताहरु संचालन हुदै आएका छन । खेल मैदानलाई व्यवस्थित र अधुनिक रुपमा निर्माण गर्न बिस्तृत परियोजना रिपोर्ट तयार भएको भएपनि थप पुर्वाधार निर्माणको काम भने हुन सकेको छैन । युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलको पहलमा निर्माण गरिएको सो रंगशालामा हाल तारजालीको घेराबारा, पक्की स्टेज, शौचालय र ड्रेसिङ्ग रुम बाहेक अन्य संरचना भने निर्माण हुन सकेको छैन ।

Leave a Reply