काठमाण्डौ – मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला क्रिकेट टोली पराजित भएको छ । मलेसियाको वाइएसडी यूकेएम ओभल क्रिकेट मैदानमा सोमवार भएको खेलमा नेपाल मलेसियासँग ५ विकेले पराजित भयो ।नेपाली महिला टोलीले पहिलो पटक मलेसियासँग हार बेहोरेको हो । यसअघि मलेसियासँग भएका तीन वटा टी–२० अन्तर्राष्ट्रियमा नेपाल अपराजित रहेको थियो ।सोमवार नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६ ओभर ५ बलमा ५० रन बनाउँदै अलआउट भयो ।नेपालले अब मलेसियासँग दोस्रो खेल भोलि मङ्गलवार खेल्ने छ । यस्तै आउँदो बिहीवार तेस्रो, शनिवार चौथो र आइतवार पाँचौँ तथा अन्तिम खेल खेल्ने छ ।

Leave a Reply